आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

49
Share
Featured
  • खाँडादेवी मन्दिर स्थानीयका लागि आस्थाको केन्द्र, कठिनाईमा सबैले सम्झने, दर्शनार्थी वर्षभरि आउने गर्दछन्; किराँतकालीन देवी मानिने र ऐतिहासिक महत्व सहित।
  • मन्दिरमा पुरातात्विक सामग्री सुरक्षित छन्, पुनर्निर्माण र परिसर विकास पुरातत्व विभागमार्फत गरिएको।
  • खाँडादेवी विकास कोषले पूजा, व्यवस्थापन र संरक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ; महानवमी र चैते दशैँमा सरकारी पूजा व्यवस्था।
समाचार सारांशGenerated using AI.


खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो।

स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’

दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने गर्दछन्। सर्लाहीको हरिऔनका पिताम्बर ढुंगानाले भने, ‘मागेको कुरा पूरा भएकाले खाँडादेवी दर्शनमा आएको ।’

खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ अप्ठेरो पर्दा सबैले खाँडादेवी सम्झने बताउँछन् । उनले भने, ‘ठेस लाग्दा आइया आमा भनेर सम्झिएजस्तै जस्तोसुकै समस्या आएपनि खाँडादेवीलाई सम्झिन्छन्, खाँडादेवीलाई सम्झिएपछि अप्ठेरो टर्ने स्थानीयको विश्वास छ ।’

रामेछाप, छिमेकी जिल्ला र काठमाडौं उपत्यकाबाट दैनिक रूपमा बस रिजर्भ गरेर दर्शनार्थीहरू खाँडादेवी आउने गर्छन् । तराई र भारतबाट समेत श्रद्धालु आउने गरेका विकास कोषका अध्यक्ष तामाङले बताए ।

खाँडादेवीलाई किराँतकालीन देवी मानिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली मान्ने परम्पराले यसको किराँतकालीन महत्व पुष्टि गरेको उनले बताए ।

खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको मन्दिर रामेछापको ऐतिहासिक तथा धार्मिक शक्तिपिठ हो । देवीभागवत महापुराण र शिवपुराणको हिमवत खण्डमा पनि खाँडादेवीको उल्लेख छ ।

मन्दिरमा विसं १५७३ मा चढाइएको घण्टा, त्यसअघिका चाँदीका जन्तर र अन्य गहना अहिले पनि सुरक्षित छन्। यही कारण पुरातात्विक महत्व झल्किन्छ । पुरातत्व विभागमार्फत संरचना नखलबलिने गरी मन्दिरको पुनर्निर्माण र परिसर विकासको काम भएको उनले बताए।

नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी क्षेत्रको सुरक्षा बलियो बनाउन खाँडादेवीमा सहायक गढी बनाएको जनश्रुति छ । युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको र युद्धपछि खाँडादेवीको शिला दरबार लैजान प्रयास गर्दा बाटोमै हराएर मन्दिरमै आइपुगेको जनश्रुति छ ।

त्यसपछि पृथ्वीनारायण शाहले कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलि दिने आदेश दिएको जनश्रुति छ ।

वि.स.२००९ पछि दरबारबाट पठाइने पूजा खर्च रोकिएपछि पुजारीहरूले आफैँ खर्च उठाएर पूजा गर्दै आएका थिए ।

वि.स. २०७० मा खाँडादेवी विकास कोष स्थापना भएपछि महानवमी र चैते दशैँमा कोषबाट नै सरकारी पूजाको व्यवस्था भएको उनले बताए । कोषले मन्दिरको व्यवस्थापन, नियमित पूजा र संरक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ ।

यो समाचारमा

काठमाडौँपृथ्वीनारायण शाहखाँडादेवीसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...