खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

40
Share
Featured
  • उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षक लक्षित सात दिने एथलेटिक्स प्रशिक्षण सुरु।
  • प्रशिक्षणबाट शिक्षकको क्षमता अभिवृद्धि र विद्यालयस्तरमै खेलकुद विकास लक्ष्य।
  • १५ सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकद्वारा सैद्धान्तिक र व्यवहारिक तालिम।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्डा गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।

गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।

वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि र विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

यस्ता प्रशिक्षणले स्थानीय खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण विधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ । प्रशिक्षणमा दैनिक सैद्धान्तिक कक्षा व्यवहारिक अभ्यास समेत गराइएको छ ।

उक्त प्रशिक्षणमा सात जना खेलकुद शिक्षकसहित १५ जनाको सहभागिता रहेको छ । प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरका अनुभवी प्रशिक्षक धनिराम चौधारीले सञ्चालन गरिरहेका छन् ।

यस्ता प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउँदै प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।

यो समाचारमा

काठमाडौँउमाकुण्डा गाउँपालिकाशेर बहादुर सुनुवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...