भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

23
Share
Featured
  • नारायणकाजी श्रेष्ठले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा।
  • उक्त कदम स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको आरोप।
  • संयुक्त राष्ट्रसंघ र विश्व समुदायलाई तत्काल हस्तक्षेप गरी विश्व शान्ति र बहुपक्षीय व्यवस्थाको रक्षा गर्न आग्रह।
समाचार सारांशGenerated using AI.


वरिष्ठ नेता नारायण काजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।

उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।

‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेता श्रेष्ठले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको भन्दै तीव्र भत्र्सना समेत गरेका छन्। उनले यस प्रकारका घटनाले विश्व शान्ति र अन्तर्राष्ट्रिय मर्यादामाथि गम्भीर चुनौती सिर्जना गरेको चेतावनी दिएका छन्।

उनले संयुक्त राष्ट्रसंघलगायत सबै अन्तर्राष्ट्रिय संस्था र विश्व समुदायलाई उक्त घटनाको विरुद्ध अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। साथै, राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा र विश्व शान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा उनले जोड दिएका छन्।

श्रेष्ठले अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीय व्यवस्थाको सम्मान बिना विश्वमा स्थायी शान्ति सम्भव नहुने धारणा पनि व्यक्त गरेका छन्।

यो समाचारमा

भेनेजुएलानारायण काजी श्रेष्ठसंयुक्त राज्य अमेरिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...