सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

31
Share
Featured
  • नेकपा एमालेका सचिव एवं कर्णाली मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते सार्न बहाना खोजिरहेको आरोप लगाएका छन्।
  • उनले चुनाव प्रचारमा पार्टी अध्यक्षका लागि असुविधा र रोकावट लगाउनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।
  • कँडेलले संविधान र आन्दोलनको रक्षा स्मरण गर्दै नेता–कार्यकर्तालाई एकताबद्ध भएर एमालेको लोकतान्त्रिक विरासत जोगाउन आह्वान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए ।

उनले भने पहिला दल देखाइयो तर, अहिले सरकार आफंै अन्यौलमा छ । सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ । ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसार गर्न वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ?’ उनले प्रश्न गरे ।

चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको टिप्पणी थियो । मुख्यमन्त्री कँडेलले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधैं सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे । तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले संविधानको रक्षा, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे । ‘नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ,’ उनले भने ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)यामलाल कँडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...