‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

46
Share
Featured
  • बुद्ध एयरले भद्रपुर विमानस्थल दुर्घटनापछि ‘विमान परिचारिकाले ढोका खोल्न नदिएको’ भन्ने समाचार असत्य भएको भन्दै प्रष्टीकरण दिएको छ।
  • कम्पनीका अनुसार परिचारिकाले सुरक्षा प्रोटोकलअनुसार ढोका खोल्ने प्रयास गरे पनि जाम भएपछि यात्रुहरूलाई पछाडिको सर्भिस ढोकाबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए।
  • संकटका बेला सहयोग पुर्‍याउने यात्रु उमेश मोक्तानलाई बुद्ध एयरले प्रशंसा गर्दै पुरस्कारद्वारा सम्मान गर्ने घोषणा गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो ।

विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’

विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।

सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पु¥याएको बुद्ध एयरले जनाएको छ ।

‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ, ‘बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।’

यो समाचारमा

झापाकाठमाडौँभद्रपुर विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...