कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

43
Share
Featured
  • नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कार्यकर्ताको भावना बेवास्ता र पार्टी विधान उल्लंघनका कारण विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
  • उनले नेतृत्वमाथि स्वेच्छाचारी, तानाशाही र अलोकतान्त्रिक अभ्यास गरेको आरोप लगाउँदै पार्टीलाई निजी जमिन्दारीझैँ सञ्चालन गरिएको टिप्पणी गरेका छन्।
  • विशेष महाधिवेशनको माग बेवास्ता गरिए भविष्यको राजनीतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने चेतावनी दिँदै एकताका लागि सकारात्मक पहल गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गरिएको बेवास्ता, दुव्र्यवहार र पार्टी विधानको खुला उल्लंघन गरेर पार्टी नेतृत्व तानाशाही भनेको आरोप लगाएका छन्।

‘महाधिवेशनको कागजी कार्यतालिका न्यूनतम रूपमा पनि लागू नगर्ने, स्वेच्छाचारी रूपमा समय सार्ने, र पार्टी सदस्यलाई अग्रिम सूचना समेत नदिने प्रवृत्ति अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण पनि हो,’ उनले लेखेका छन्।

नेपाली कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गराउँदै घिमिरेले अहिले पार्टीभित्रै हुकुमी शासन झल्काउने अभ्यास देखिन थालेको टिप्पणी गरेका छन्। नेता सरह वा त्यसभन्दा बढी योगदान दिएका कार्यकर्तालाई ‘रैती’ सरह व्यवहार गर्ने र पार्टीलाई निजी जमिन्दारीझैं सञ्चालन गर्ने प्रवृत्ति सर्वथा निन्दनीय भएको उनले उल्लेख गरेका छन्।

विशेष महाधिवेशनको मागलाई बेवास्ता नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिँदै घिमिरेले जबरजस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुन सक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताएका छन्।

उनले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रूपमा सम्बोधन गर्न नेतृत्वलाई विनम्र आग्रह गरेका छन्।

नेता घिमिरेले संस्कृत श्लोक उद्धृत गर्दै विधि र नियम त्यागेर स्वेच्छाचारितामा चल्नेले सफलता, सुख र उच्च गन्तव्य प्राप्त गर्न नसक्ने स्पष्ट सन्देश दिएका छन्।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...