क्यानले सार्वजनिक गर्‍यो सन् २०२६ को क्रिकेट क्यालेन्डर, वर्षभरि ६० प्रतियोगिता हुने

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

34
Share
Featured
  • क्यानले सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गर्‍यो।
  • नेपाली टोली २८ घरेलु र ३२ अन्तर्राष्ट्रिय गरी कुल ६० प्रतियोगितामा सहभागी हुनेछ।
  • २०२६ मा नेपालले पुरुष टी–२० विश्वकप खेल्ने र महिला टी–२० विश्वकप ग्लोबल छनोट आयोजना गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार यो वर्ष नेपाली क्रिकेट टोली घरेलु तथा अन्तर्राष्ट्रिय गरी कुल ६० वटा प्रतियोगितामा व्यस्त रहनेछ ।

क्यालेन्डरमा २८ वटा घरेलु प्रतियोगिता र ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिएका छन्, जसमा पुरुष तथा महिला दुवै टोलीको सहभागिता रहनेछ ।

क्यानका अनुसार, सन् २०२६ नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण वर्ष हुनेछ । यस वर्ष नेपालले पुरुष टी-२० विश्वकपमा सहभागिता जनाउनेछ भने महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिताको आयोजना गर्ने अवसर पनि पाएको छ । यी प्रतियोगिताहरूले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने विश्वास क्यानले लिएको छ ।



यो समाचारमा

नेपाल क्रिकेट संघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...