क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत इङ्गेज, औंठी साटासाटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

29
Share
Featured

काठमाडौँ

नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर सेयर गरेकी छन्।

करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।

इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र फ्यानहरूमा उत्साह छाएको छ।

यो समाचारमा

करण केसीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...