फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

28
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते जसरी पनि निष्पक्ष र धाँधलीरहित निर्वाचन हुने स्पष्ट पारे।
  • निर्वाचन आयोग तीव्र गतिमा काम गरिरहेको, ६४ भन्दा बढी दलले बन्द सूची बुझाइसकेको र १० लाखभन्दा बढी नयाँ मतदाता दर्ता भएको उनले बताए।
  • सरकारले पर्याप्त बजेट, जनशक्ति र सुरक्षा व्यवस्था मिलाइसकेको र दलहरू प्रचार तथा उम्मेदवार छनोटमा सक्रिय भएकाले निर्वाचन नहुने कुनै शंका नरहेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.


नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।

उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।’

१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए । सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो ।

दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने ‘पार्टीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफ सम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो ।

पत्रकारहरुको एक प्रश्नमा उनले आँफू अहिले नागरिक सरकारको प्रबक्ता भएको भन्दै अहिले सम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे । उनले भने ‘चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।’ सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफू त्यसमा केन्द्रित भएको बताए । सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनाबको वातावरण बनाई रहेको उनको भनाई थियो ।

यो समाचारमा

काठमाडौँजगदीश खरेलभरतपुर विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...