लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

35
Share
Featured
  • ऊर्जा मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणमा स्थानीय तथा आदिवासी जनजाति समुदायका अधिकार र मागको सम्मान गर्दै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताए।
  • तनहुँ हाइड्रोपावर परियोजनाको उदाहरण दिँदै उनले अधिकांश जग्गाधनीले मुआब्जा पाइसकेको भए पनि केही स्थानमा अझै समस्या बाँकी रहेको स्पष्ट पारे।
  • स्थानीय सहकार्य बिना आयोजना अघि नबढ्ने चेतावनी दिँदै उनले ५० हजार मेगावाट उत्पादन लक्ष्य पूरा गर्न अधिकार संरक्षण र लचकतासहित समस्या समाधान आवश्यक रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा जलविद्युत विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको असर तथा समाधानबारे सरोकारवाला मन्त्रालय र समुदायबीचको उच्चस्तरीय छलफल कार्यक्रममा बोल्दै उनले जलविद्युत आयोजना निर्माणका क्रममा आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्ने बताएका हुन् ।

मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर परियोजना निर्माणको अनुभवको उदाहरण दिँदै भने, ‘जलविद्युत क्षेत्रमा धेरै चुनौतीहरू छन्। मुख्यतया जलाशययुक्त आयोजना निर्माणमा समस्या बढी देखिन्छ। कुलेखानीपछि दोस्रो जलाशययुक्त आयोजना तनहुँ हाइड्रोपावर निर्माणाधीन छ र करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। म आफैँ यस परियोजनामा चयसम्यानको रूपमा काम गर्दा यी समस्यासँग प्रत्यक्ष परिचित छु।’

उनले परियोजना अन्तर्राष्ट्रिय दातृसंस्था जस्तै एशियाली विकास बैंक, इन्भेष्मेन्ट बैंक, जाइका लगायतको लगानीमा अघि बढिरहेको छ।

‘आदिवासी जनजातिका अधिकार र दातृ निकायको गाइडलाइन अनुसार नै कार्य अघि बढाइरहेका छौं। लामो समयसम्मको एक्युजेशन प्रक्रियामा करिब ९५ प्रतिशत जग्गाधनीले मुआब्जा पाइसकेका छन्, तर केही स्थानमा ‘जग्गाको सट्टा जग्गा’ र अन्य समस्या अझै बाँकी छन्,’ मन्त्री घिसिङले स्पष्ट पारे।

उनले प्रभावित क्षेत्रका जनतालाई लचकताका साथ सहकार्य गर्न आग्रह गर्दै भने, ‘स्थानीय जनता र आदिवासी समुदायको माग र अधिकार कुण्ठित नहुने सुनिश्चितता बिना कुनै आयोजना अघि बढ्दैन। यदि लचकता नअपनाइयो भने आयोजनाको लागत बढ्ने र विद्युत निर्यातमा समेत समस्या आउने सम्भावना छ।’

मन्त्री घिसिङले नेपालको ५० हजार मेघावाट जलविद्युत उत्पादन लक्ष्य पूरा गर्न प्रभावित क्षेत्रसँग सहकार्य गरेर समस्या समाधान गर्नुपर्ने औंल्याए।

उनले अन्तर्राष्ट्रिय उदाहरणको रूपमा चीनमा ठूला जलाशययुक्त आयोजना स्थानीय समस्याहरू समाधान गरेर अघि बढाइएको भन्दै भने, ‘हामीसँगको उच्च सम्भावना जलाशययुक्त आयोजनामा छ र त्यसलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय अधिकारको संरक्षण अनिवार्य छ।’

उक्त छलफलमा ऊर्जा मन्त्रालयका अधिकारी, आयोजना व्यवस्थापन पक्ष, दातृ निकायका प्रतिनिधि र स्थानीय समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

यो समाचारमा

काठमाडौँललितपुरकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...