जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक : जेनजी युवा

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

22
Share
Featured
  • जेनजी युवाहरूले सरकारले भदौ २३–२४ का आन्दोलनका मागहरू बेवास्ता गरेको भन्दै चेतावनी दिएका छन्।
  • उनीहरूले विदेशिन बाध्य बनाउने, देशको आर्थिक अवस्था जरजर बनाउने पुराना दलहरूलाई मुख्य समस्या ठहराउँदै नयाँ शक्ति खडा गर्न आवश्यक रहेको बताए।
  • जेनजीका मर्म, भावना र बलिदानलाई वर्तमान सरकार र नयाँ भनिएका नेताहरूले उपेक्षा गरेको, सहिद परिवार र घाइतेको माग सम्बोधन गर्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।

जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरु भएको र उनीहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स्वदेशमा थामिदैन यस किसिमको गम्भीर प्रश्नको जवाफ कसले दिन्छ ?’

इन्द्र शाहले जेनजीमाथि बरबर दमन गर्ने पुरानो सरकार प्रमुख खुलेआम हिँडेको भन्दै आक्रोश व्यक्त गरे । ‘खड्गप्रसाद शर्मा ओलीरमेश लेखकहरु किन सानपूर्वक बोलिरहेका छन्, के हाम्रा साथिहरुको बलिदान यसैका लागि थियो’ शाहले प्रश्न गरे ।

प्रकाश संज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेनजी मर्म र भावनालाई लत्याउँदै विदेशी योजनामा अघि बढेको आरोप लगाए ।

नयाँ भन्नेहरुले पनि जेनजीहरुको त्याग तपस्या र बलिदानको अबमूल्यन गरेको आरोप लगाए ।

संज्यालले नयाँ भनिएकाहरुले पनि सामाजिक संजालमार्फत भाईरल भएकै भरमा तथा आफन्तलाई समानुपातिकमा सूचिमा राखेकोप्रति आपत्ति जनाए । त्यसैगरी सो कार्यक्रममा जेनजीहरु निराजन संज्याल र अनिष श्रेष्ठले सहिद परिवार तथा घाईतेहरुको माग संबोधन गर्न आग्रह गरे ।

यो समाचारमा

काठमाडौँरमेश लेखकखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...