प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

122
Share
Featured
  • प्याब्सनले प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग गठन गरी सदस्य विद्यालय र सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ।
  • विभागले बाढी, पहिरो, भूकम्प, महामारी जस्ता प्रकोपमा राहत, सहयोग वितरण र आपतकालीन समन्वयको काम अघि बढाउनेछ।
  • समितिको संयोजन केन्द्रीय उपाध्यक्ष रविन्स शर्माले गर्नेछन् र सम्पूर्ण सदस्य विद्यालय तथा स्थानीय संरचनालाई सक्रिय सहकार्यका लागि आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।

बाढी, पहिरो, भूकम्प, महामारीजस्ता प्राकृतिक प्रकोपले समय–समयमा देशभर प्रभाव पार्ने तथा त्यसका प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्र र निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई मध्यनजर गर्दै यस विभाग गठन गरिएको प्याब्सनले जनाएको छ ।

विगतका वर्षहरूमा विपद्का बेला राहत, सहजीकरण र समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आएको र ती अनुभवलाई संस्थागत रूप दिन यो कदम उठाइएको जानकारी प्याब्सनका महासचिव आरबी कटवालले दिएका छन् ।

प्याब्सन केन्द्रीय कार्यसमितिको निर्णयअनुसार गठन गरिएको विभागको कार्यविधि तथा सञ्चालन मोडालिटी तयारीको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष रविन्स शर्मालाई प्रदान गरिएको छ ।

शर्माको संयोजनमा गठन हुने समितिमार्फत विपद् व्यवस्थापन, राहत संकलन, सहयोग वितरण तथा आपतकालीन समन्वयका गतिविधि दिगो र प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा संस्थाले व्यक्त गरेको छ ।

संस्थाले यस मानवीय तथा संस्थागत सहयोग अभियानमा सम्पूर्ण सदस्य विद्यालय, पदाधिकारी तथा प्रदेश, जिल्ला र पालिका संरचनाहरूलाई सक्रिय सहकार्य र समन्वयका लागि आह्वान गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...