नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

36
Share
Featured
  • नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष केन्द्रीय महाधिवेशन आह्वान गर्न माग गरेका छन्।
  • १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेकाले विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको भनाइ छ।
  • विधानअनुसार पौष २७–२८ गते विशेष महाधिवेशन गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरे ।

पछिल्लो विशेष राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुरूप बनाउन तथा समसामयिक नीति निर्माणका लागि महाधिवेशन अपरिहार्य भएको उनीहरूको धारणा छ ।

उनीहरूले पार्टी विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन सम्पन्न गर्न वा विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न केन्द्रीय कार्यसमितिसँग पटक–पटक माग गर्दै आएको बताए । तर, महाधिवेशन आयोजनामा निरन्तर ढिलाइ र उदासीनता देखिएको आरोप लगाए ।

प्रतिनिधिहरूका अनुसार गत असोज २९ गते देशभरका २ हजार ४८८ जना, अर्थात् ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए। यो व्यवस्था विधानअनुसार बाध्यकारी भएको उनीहरूको भनाइ छ । तर, केन्द्रीय कार्यसमितिले उक्त मागलाई औपचारिक एजेन्डासमेत नबनाएको उनीहरूले गुनासो गरे ।

केन्द्रीय समितिको ४८ दिनसम्म चलेको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भए पनि त्यसको कार्यान्वयन हुन नसकेको प्रतिनिधिहरूले बताए । घोषित मितिअनुसार पौष १६ मा हुनुपर्ने वडा अधिवेशन समेत हुन नसकेको र अन्ततः १५औँ महाधिवेशनका कार्यक्रम स्थगित भइसकेको उनीहरूको दाबी छ ।

पत्रकार सम्मेलनमा उनीहरूले भने, ‘घोषित मितिमा महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो चेतावनी थियो । अब १५औँ महाधिवेशन नहुने स्पष्ट भइसकेकाले विशेष महाधिवेशन अपरिहार्य भएको छ ।’

उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको भन्दै यसलाई कसैको इच्छा वा छनोटको विषय बनाउन नहुने बताए । पार्टी विधानभन्दा माथि कोही नरहेको र विधानको बाध्यकारी व्यवस्थाको पालना गर्नु नेतृत्वको न्यूनतम जिम्मेवारी भएको उनीहरूको जोड छ ।

त्यसैगरी, विधानले तोकेको तीन महिनाको समयसीमाभित्र अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आगामी पौष २७–२८ गते विशेष महाधिवेशन आयोजना गर्न केन्द्रीय नेतृत्वसँग पुनः माग गरेका छन् ।

उनीहरूले यो मागलाई कसैको जित–हारको रूपमा नलिन आग्रह गर्दै पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता मजबुत बनाउने अवसरका रूपमा ग्रहण गर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...