भूकम्प सुरक्षा दिवस: कार्यक्रम भाषणमुखी नभई परिणाममुखी बनाउन गृहमन्त्रीको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

23
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प सुरक्षा दिवस औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी हुनुपर्ने निर्देशन दिए।
  • विद्यालय, युवा, स्थानीय तह, सुरक्षा निकाय र समुदायको सक्रिय सहभागितासहित जनचेतना र मक ड्रिललाई प्राथमिकता दिन जोड।
  • यस वर्षको नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ तय, माघ २ को समारोहमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने निर्णय।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी परिणाममुखी बनाउन निर्देशन दिएका छन् । २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको बताए ।

"हाम्रा कार्यक्रमहरू परिणाममुखी होऊन्, भाषणमुखी होइनन्," मन्त्री अर्यालले भने, "यसलाई विद्यालय, अस्पताल, समुदायसम्म पुर्‍याएर दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्नुपर्छ ।" उनले विद्यालय र युवालाई केन्द्रमा राख्न, स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गर्न र सुरक्षा निकाय तथा समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) लाई प्राथमिकता दिन निर्देशन दिए ।

गृहमन्त्री अर्यालले भवन संहिता कार्यान्वयनमा कुनै सम्झौता नगर्न र सुरक्षित नेपाल निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।

बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ तय गरेको छ । साथै, माघ २ गते हुने मूल समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सुशीला कार्कीलाई आमन्त्रण गर्ने निर्णय पनि गरेको छ ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्यालसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...