नेपाली सेनामा तीन सहायक रथी उपरथीमा बढुवा, पाँच महासेनानी थपिए

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

30
Share
Featured
  • नेपाली सेनाका तीन सहायक रथी मन्त्रिपरिषद् निर्णयअनुसार उपरथीमा बढुवा भए।
  • पाँच जना प्रमुख सेनानीहरू महासेनानीमा बढुवा भएका छन्।
  • बढुवा पाएकाहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा दज्र्यानी चिह्न प्रदान गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन् । पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरूलाई बढुवा गरिएको हो ।

बढुवा हुनेहरूमा पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा रहेका छन् ।

यसैगरी, सेनाका पाँच जना प्रमुख सेनानीहरू महासेनानीमा बढुवा भएका छन् । बढुवा भएका उपरथी र महासेनानीहरूलाई शुक्रबार प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रममा दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

कार्यक्रममा यसअघि नै बढुवा भएका तर दज्र्यानी चिह्न लगाउन बाँकी रहेका महासेनानी विजितराज रेग्मीलाई पनि दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।

यो समाचारमा

अशोक राज सिग्देलकाठमाडौँनेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...