राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु :मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार २०:४७

31
Share
Featured
  • राष्ट्रिय पोशाकको सरकारी मान्यता: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई आगामी दिनमा सरकारी मान्यता, उत्सव र दिवसको रूपमा मनाउन सँधै साथ दिने बताएका छन्।
  • देशको पहिचान संरक्षण: उनले राष्ट्रिय पहिचान देशभित्र र विश्वसामु जोगाउन नेपाल सरकार, आफ्नो मन्त्रालय र आफू सधैं तयार रहेको बताए।
  • विशिष्ट व्यक्तित्व सम्मान: कार्यक्रम राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको थियो र विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन् ।

विहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा सँधै साथमा रहने बताए ।

उनले भने, ‘यो दिवसलाई सरकारी मान्यता पाएको भए हुन्थ्यो, दिवसकै रुपमा मनाउन पाएहुन्थ्यो अथवा सरकारी कामकाज अथवा विभिन्न औपचारिक ठाँउमा अनिवार्य गर्न पाएहुन्थ्यो भन्नुभयो तर अलिकति ढिला भन्नुभयो । तर ढिला भयो भन्दैमा सकिएको होइन् । यसलाई आगामी दिनमा राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा तपाईहरुको साथमा जगदीश खरेल रहन्छ ।’

यस्तै, उनले देशको पहिचान देशभित्र र विश्वसामु जोगाउनुपर्ने भन्दै त्यसको लागि हातेमालो गर्न नेपाल सरकार, आफू र आफ्नो मन्त्रालय सधैँ तयार रहेको बताए ।

उनले भने, ‘हाम्रो पहिचान जोगाउनुपर्छ, देशभित्र पनि जोगाउ र विश्वसामु पनि हाम्रो पहिचान जोगाउ त्यसको लागि हातेमालो गर्न नेपाल सरकार सधैँ तयार छ, मेरो मन्त्रालय तयार छ र म आफै पनि तयार छु ।’

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा भएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु-याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्न पाउँदा खुशी लागेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।संसारभरिका नेपालीहरुलाई पोशाक र संस्कृति मार्फत एकत्व गराउने अभियानले सार्थकता प्राप्त गरेको उनले बताए ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

ट्यागहरू

#सञ्चार तथा सूचना प्रविधिमन्त्री#जगदीश खरेल#कार्यक्रम#आयोजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू