स्थानीय उत्पादन किनबेच र भेटघाटको थलो बन्दै रामेछाप हाट

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

38
Share
Featured
  • स्थायित्व र महत्व: गाउँ गाउँमा हाट–बजार हराउँदै गए पनि रामेछापको पुरानो सदरमुकाममा लाग्ने बिहीबार हाट निरन्तर सञ्चालन भइरहेको छ।
  • सामाजिक र आर्थिक भूमिका: हाट केवल किनबेचको थलो नभएर स्थानीय इष्टमित्र, साथीभाइ भेटघाट गर्ने स्थलका रूपमा पनि महत्व राख्छ।
  • विशेषता: खसी–बोका, गेडागुडी, कुखुरा, गहत, मस्याङ, राजमा र स्थानीय फलफूल तथा तरकारीका लागि प्रख्यात, यस हाटमा सिन्धुली, दोलखा र काभ्रेका मानिसहरू समेत आउँछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाट–बजारहरु बिस्तारै हराउँदै जान लागेका छन् । गाउँ गाउँमा लाग्ने हाटबजार र मानिसहरूको जमघट हिजो आज कम मात्रै देखिन लागेको छ ।

धेरै ठाउँमा हाटबजार लाग्न छाड्दा पनि रामेछापको रामेछाप बजारमा दशकौँदेखि लाग्दै आएको हाट भने अहिले पनि निरन्तर लाग्दै आएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा बिहीबार लाग्ने हाट सामान किनबेच गर्ने थला मात्र नभएर स्थानीयको भेटघाट गर्ने थलो समेत भएको छ ।

‘पुराना इष्टमित्र, साथीभाइ भेट्नु प¥यो भने रामेछाप हाट जानुपर्छ, धेरैसँग भेटघाट हुन्छ, किनमेल नै नहुने मानिसहरु पनि भेटघाटको लागि हाट आउने गर्दछन्’, रामेछाप नगरपालिका–८ का दामोदर घिमिरे भन्छन् ।

रामेछाप हाट खसी–बोका, कुखुरा, गहत, मस्याङ, राजमा लगायतका गेडागुडी र स्थानीय फलफूल तथा तरकारीको लागि निक्कै प्रख्यात छ । यहाँको हाटमा स्थानीय किसानका उत्पादन खरिद गर्न, सिन्धुली, दोलखा,तथा काभ्रेसम्मका मानिसहरू आउने गर्दछन् ।

‘खसी–बोका र गेडागुडीको लागि रामेछाप हाट प्रख्यात छ, भेटघाट गर्ने पनि राम्रो थलो बनेको छ’, रामेछाप नगरपालिका–५ रामपुरका भरतसिं तामाङ बताउँछन् ।

रामेछाप जिल्लाको सदरमुकाम रामेछाप बजारमा रहेको बेला सदरमुकाम बस्नेहरूलाई तरकारी, फलफूल तथा अन्नपात किन्न सहजताको लागि यो हाट सुरु गरिएको थियो ।

२ सय ८ वर्षसम्म सदरमुकाम बसेको रामेछाप बजारबाट २०४५ सालमा सदरमुकाम मन्थली स-यो । तथापि रामेछाप बजारमा लाग्ने बिहीबारे हाट भने अहिले पनि यथावत् नै छ ।

यो समाचारमा

रामेछाप नगरपालिकारामेछापकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...