फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

26
Share
Featured
  • सन् २०२५ नेपाली चलचित्रका लागि सफल वर्ष रह्यो, जहाँ कथावस्तु, गीत र व्यापारिक प्रदर्शनले दर्शकको राम्रो साथ पायो ।
  • नेपाली बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म ‘परान’ (१७.६८ करोड) बन्यो भने ‘जेरी अन टप’, ‘ऊनको स्विटर’ र ‘एञ्जिला’ पनि सफल रहे ।
  • विदेशीमध्ये भारतीय फिल्म ‘कान्तारा’, ‘सैयारा’ र ‘धुरन्धर’ले राम्रो व्यापार गरे भने ‘नारी शक्ति’ सबैभन्दा कम व्यापार गर्ने फिल्म बन्यो ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सन् २०२५ नेपाली चलचित्र क्षेत्रका लागि उल्लेख्य नै रहयो । चलचित्रको कथावस्तु र कतिपय चलचित्रका गीतहरु सर्वाधिक रुचाइएकामा गणना भए । व्यवसायिक दृष्टिकोणले वितेको एक बर्ष नेपाली चलचित्रहरुले उल्लेख्य व्यापार गरे ।

चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी १५४ वटा फिल्म प्रदर्शनमा आएका छन् । त्यसमध्ये ०२५ मा सबैभन्दा बढी कमाई गरेका÷सफल नेपाली फिल्महरुको समिक्षा गरेको छ ।

करिब डेढ दर्जन बढी फिल्मले तारिफयोग्य व्यापार गरे भने अन्यको व्यापार औषध नै हरयो । यो वर्ष नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘परान’ बन्यो । प्रदर्शनरत यस ब्लकबस्टर फिल्मको व्यापार १७ करोड ६८ लाख छ रहेको छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई पनि पछि पारेको छ ।

यसैगरी वर्ष ०२५ को सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म ‘जेरी अनटप’ पनि सूचिमा छ । १२ करोड २९ लाख कमाइ गरेको यो फिल्म मे १७ अक्टोबरमा रिलिज भएको हो । यो फिल्म देशका धेरै सिनेमा हलहरूमा लामो समयसम्म लागेको थियो ।

यसैगरी सुरुमै वर्षमा राम्रो प्रतिक्रिया पाएको फिल्म हो ‘ऊनको स्विटर’ । यसले पनि बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको छ । ऊनको स्विटर फिल्मले ११ करोड ४३ लाख कमाई गरेको छ । सामाजिक÷ड्रामा शैलीको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पायो ।

यसैगरी वितेको एक वर्षमा सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म हो ‘एञ्जिला’। ‘एञ्जिला’ले बक्स अफिसमा राम्रै कमाइ गर्यो ‘एञ्जिला’ले बक्स अफिसमा ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली फिल्महरूमा ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् । चलचित्रकै गीतहरुले पनि राम्रो भ्यूज पाएका छन् । विशेषत दशैं र तिहारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएका फिल्महरु जेनजी आन्दोलनको मारमा परेका थिए ।

यसैगरी हलमा लागेका तीन विदेशी फिल्महरु समेत सफल व्यापार गरेका छन् । जसमा यो वर्ष नेपाली हलमा लागेका तीन भारतीय फिल्महरूले नेपाली दर्शकबाट राम्रो साथ पाएका छन् । नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने विदेशी फिल्म ‘कान्तारा’ हो ।

दोस्रो पनि भारतीय फिल्म नै रहेको छ । ‘सैयारा’ले १० करोड २० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मको व्यापार उच्च हो । नेपाली सुपरहिट फिल्मको ग्रस कलेक्सन बराबर यो दुई वटाको व्यापार छ ।

सबैभन्दा कम व्यापार गर्ने पनि भारतीय फिल्म नै छ । फिल्म ‘नारी शक्ति’को जम्मा ४५ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ४ हजार १५० छ ।

त्यस्तै, प्रदर्शनरत भारतीय फिल्म ‘धुरन्धर’ले ९ करोड १३ लाख ग्रस कलेक्सन गरेको छ ।

यो समाचारमा

काठमाडौँचलचित्र विकास बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...