विश्वभरका नेपाली समूदायलाई जोड्ने माध्यम राष्ट्रिय पोशाक तथा टोपी हो : राजानन्द माण्डव्य

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार १४:३९

15
Share
Featured
  • जनवरी १ मा मनाइने राष्ट्रिय पोशाक दिवस नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक जोगाउने जागरण अभियान हो, जसको उद्देश्य दौरा–सुरुवाल र टोपीलाई विश्वमा नेपालको साझा औपचारिक पोशाकका रूपमा स्थापित गर्नु हो।
  • राष्ट्रिय पोशाकले सबै जातजातिका पोशाक विस्थापित गर्ने नभई विविधताभित्र साझा आधार र एकताको प्रतीकका रूपमा काम गर्ने माण्डव्यको तर्क छ।
  • पोशाकलाई राजनीतिक रूपमा विभाजनको औजार बनाउनु गलत भएको भन्दै उनले नयाँ पुस्तालाई भाषा, संस्कृति र पोशाकसँग जोडिराख्नु आजको मुख्य चुनौती भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको नभई, नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक जोगाउने जागरण अभियानको हिस्सा भएको स्पष्ट पारेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राष्ट्रिय पोशाक दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई चिनाउने साझा औपचारिक पोशाकलाई विश्वभर स्थापित गर्नु भएको बताए ।

‘जसरी नेपाललाई सगरमाथा (माउन्ट एभरेस्ट)को देश र बुद्धको जन्मभूमि भनेर चिनिन्छ, त्यसैगरी नेपालीलाई चिनाउँदा दौरा–सुरुवाल र टोपी हाम्रो साझा पहिचान बनोस् भन्ने चाहना हो,’ उनले भने ।

दौरा–सुरुवाल र टोपी विश्वमै नेपालमा मात्र प्रयोग हुने विशिष्ट पोशाक भएको र संयुक्त राष्ट्रसंघसम्म नेपालले यसको प्रतिनिधित्व गरिरहेको उनले उल्लेख गरे । माण्डव्यका अनुसार नेपाली नयाँ वर्ष त बैशाख १ गते भव्य रूपमा मनाइँदै आएको छ र विक्रम संवत् मनाउने विश्वको एकमात्र देश नेपाल हो । तर जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रूपमा रोज्नुको कारण विश्वभर छरिएर बसेका नेपाली समुदायसँग जोडिएको छ ।

‘जनवरी १ मा संसारभर सार्वजनिक बिदा हुन्छ । विदेशमा रहेका नेपालीहरू यही दिन नयाँ वर्ष मनाउँछन् । यही कारण संसारका कुना–कुनामा रहेका नेपालीलाई आफ्नो पोशाक, भाषा र संस्कृतिसँग जोडिराख्न यो दिन रोजिएको हो,’ उनले बताए ।

उनले विदेशमा बसोबास गरिरहेका नेपालीहरूको तेस्रो पुस्तासम्म पुग्दा भाषा, संस्कृति र परम्परा हराउने जोखिम औँल्याए । ‘पहिलो र दोस्रो पुस्ताले निरन्तरता नदिए तेस्रो पुस्तामा भाषा र संस्कार हराउँछ । त्यसैले विदेशमा रहेका नेपालीले कम्तीमा एक दिन भए पनि आफ्नो राष्ट्रिय पोशाक लगाएर नेपालीपन सम्झिऊन् भन्ने उद्देश्य हो,’ माडव्यले भने ।

उनका अनुसार राष्ट्रिय पोशाक दिवस केवल दौरा–सुरुवाल र टोपीमा सीमित छैन् । ‘नेपाल बहुजातीय, बहुसांस्कृतिक देश हो । गुरुङ, मगर, राई, लिम्बू, मधेसी समुदायदेखि पहाड र हिमालका सबै जातजातिका पोशाक नेपाली पोशाक हुन्,’ उनले स्पष्ट पारे । तर ती सबैमध्ये नेपाललाई औपचारिक रूपमा विश्वमा चिनाउने साझा पोशाकका रूपमा दौरा–सुरुवाल र टोपीलाई स्थापित गर्नुपर्ने उनको धारणा छ ।

माण्डव्यले पछिल्लो समय पोशाकलाई लिएर भइरहेको विवादप्रति पनि असन्तुष्टि जनाएका छन् । विशेषगरी मधेसमा ‘धोती दिवस’ मनाइँदै आएको सन्दर्भमा उनले धोती र टोपीलाई एक–अर्काविरुद्ध उभ्याउनु गलत भएको बताए । धोती मधेसको मात्र नभइ, हाम्रो वैदिक सनातनी साझा पोशाक भएको उनको जिकीर छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा धोतीको महत्व भएको कुरा स्मरण गर्दै उनले धोतीलाई हेयको दृष्टिले हेर्नु जघन्य अपराध भएको बताए ।

उनले मधेस केन्द्रित नेताहरूलाई आग्रह गर्दै भने, ‘धोती दिवस मनाउनुस, मिति तोक्नुस, नेपाली नयाँ वर्षमा मनाउनुस, हामी धोती लगाएर सहभागी हुन्छौँ । तर कृपया धोती र टोपीको लडाइँ नदेखाउनुस्’ राजनीतिक उद्देश्यका लागि पोशाकलाई प्रयोग गरेर विखण्डन सिर्जना गर्न नहुनेमा उनको जोड छ ।

त्यस्तै, पहाडी क्षेत्रमा पनि टोपी दिवसलाई केवल फेसन र सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्यु’ बटुल्ने माध्यम बनाइएको भन्दै उनले त्यसको आलोचना गरेका छन् । जिन्सको पाइन्ट लगाएर माथि टोपी मात्रै लगाउनु पोशाक संरक्षण होइन् । गुन्यू–चोली, चौबन्दी चोली, सिरबन्दी जस्ता महिलाका परम्परागत पोशाक हराउँदै गएको भन्दै उनले त्यसप्रति चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले राजनीतिज्ञहरूको पहिरनमा आएको परिवर्तनलाई सकारात्मक संकेतका रूपमा समेत व्याख्या गरे । ‘पहिले जिन्स लगाएर आफूलाई क्रान्तिकारी ठान्ने प्रवृत्ति थियो । अहिले शीर्ष नेताहरू पनि दौरा–सुरुवाल लगाएर औपचारिक कार्यक्रममा देखिन थालेका छन । यसलेराष्ट्रिय पोशाकको गम्भीरता देखाउँछ,’ माडव्यले भने ।

देशलाई प्रतिनिधित्व गर्ने एउटा पोशाक चाहिन्छ ।

नेपाल जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिएको मुलुक हो । हरेक जातजातिका आफ्नै मौलिक पोशाक, पहिचान र परम्परा छन् । नेवार समुदायको हाकू पटासी, गुरुङ, मगर, राई, लिम्बू, थारु, मधेसी समुदायका आ–आफ्ना पोशाकहरूले नेपालको सांस्कृतिक सुन्दरता झल्काउँछन् ।

यस्ता विविधताबीच ‘दौरा–सुरुवाल र गुन्यू–चोलीलाई नै राष्ट्रिय पोशाक मान्नुपर्छ’ भन्ने बहस उठ्नु स्वाभाविक भएपनि, यसको मर्म एकता र साझा पहिचानसँग जोडिएको माण्डव्यको तर्क छ । माण्डव्यका अनुसार राष्ट्रिय पोशाक भन्नाले सबै जातजातिको पोशाकलाई विस्थापित गर्ने उद्देश्य होइन् । ‘हामी सबैका पोशाक हाम्रो गर्व हुन् । तर ती सबै नेपाली पोशाक मध्ये नेपाललाई औपचारिक रूपमा प्रतिनिधित्व गर्ने एउटा साझा पोशाक चाहिन्छ,’उनी भन्छन् । उनका अनुसार नेपालका १४० भन्दा बढी जातजातिमध्ये करिब ७० प्रतिशतभन्दा बढी समुदायका पुरुषहरूको परम्परागत पोशाकको मूल आधार दौरा नै रहेको छ ।

फरक भूगोल र समुदायअनुसार कसैले पटुकी बाँध्छन, कसैले इस्टकोट, कसैले कछाड प्रयोग गर्छन, तर माथिल्लो पोशाकको संरचना प्रायः दौरा नै भएको उनको दाबी छ । महिलाको हकमा भने गुन्यू–चोली लगभग सबै जातजातिमा आधारभूत परम्परागत पोशाकका रूपमा रहेको माण्डव्यको भनाइ छ ।

‘डिजाइन फरक हुन सक्छ, हाकू पटासी जस्ता भिन्नता देखिन्छन् तर मूल संरचना गुन्यू–चोली नै हो,’ उनी भन्छन् । यस आधारमा राष्ट्रिय पोशाकको अवधारणा विविधतालाई नकार्ने नभई साझा आधार खोज्ने प्रयास भएको उनी स्पष्ट पार्छन् ।

राष्ट्रिय पोशाक सरलता र राष्ट्रियताको प्रतीक हो

मधेसमा गर्मीका कारण दौरा–सुरुवाल लगाउन गाह्रो हुने तर्कलाई माण्डव्यले आंशिक रूपमा मात्रै स्वीकार गरेका छन् । ‘गर्मीमा असहज हुन्छ, म आफैंले अनुभव गरेको छु,’ उनी भन्छन्, ‘तर जाडोमा मधेसमा पनि कोट लगाइन्छ । अहिले त सितलहरमा सबैले कोट लगाइरहेका छन् ।’ उनका अनुसार राष्ट्रिय पोशाक सरलता र राष्ट्रियताको प्रतीक हो, जुन आवश्यकता अनुसार प्रयोग गर्न सकिने पहिरन हो ।

राष्ट्रिय पोशाकको विषयमा विभाजन सिर्जना गरिएकोप्रति माण्डव्य असन्तुष्ट छन् । ‘हामीलाई टुक्रा–टुक्रा पारियो, आफ्नै संस्कृति बिर्सिएर दौरा–सुरुवालको विरोध गर्ने प्रवृत्ति देखियो,’ उनी भन्छन् । दलित समुदायको उदाहरण दिँदै उनले प्रश्न गर्छन, ‘दलित समुदायका लागि अलग्गै पोशाक, भाषा वा संस्कार छैन् । उनीहरूको परम्परागत पोशाक पनि दौरा–सुरुवाल नै हो ।’ यस आधारमा दौरा–सुरुवाललाई कुनै एक वर्ग वा समुदायको पोशाक मात्र ठान्नु गलत भएको उनको निष्कर्ष छ ।

माण्डव्यले पूर्व राष्ट्रपति रामवरण यादवको उदाहरण पनि स्मरण गर्छन् ।

‘रामवरण यादवले दौरा–सुरुवाल लगाएर माथि गम्छा राख्नुभयो । त्यसको अर्थ स्पष्ट थियो दौरा–सुरुवाल साझा पोशाक हो र गम्छा मधेसप्रति सम्मान हो,’ उनी भन्छन् । उनका अनुसार चाहना भए एकता सम्भव छ, तर राजनीति र स्वार्थका कारण विभाजन बढाइएको छ ।

इतिहासतर्फ फर्कँदै माण्डव्यले पञ्चायतकालको स्मरण पनि गरे । उनका अनुसार त्यो समयमा दौरा–सुरुवाललाई राजासँग मात्र जोडेर आम जनतालाई लगाउन नदिने प्रवृत्ति थियो । ‘राजा स्वयं लिबरल थिए, तर वरिपरिका पञ्चेहरूले आम मानिसलाई दौरा–सुरुवाल लगाउन पनि अनुमति माग्नुपर्ने अवस्था सिर्जना गरे,’ उनी भन्छन् । यही कारणले दौरा–सुरुवालप्रति नकारात्मक मनोविज्ञान विकसित भएको उनको विश्लेषण छ । अहिले भने त्यो मानसिकता क्रमशः परिवर्तन हुँदै गएको उनी बताउँछन् ।

राष्ट्रिय पोशाक सम्बन्धी सोच सकारात्मक हुँदै गएको छ

राष्ट्रिय पोशाक अभियान सुरु भएपछि समाजबाट आउने प्रतिक्रिया सकारात्मक रहेको माडव्यको दाबी छ । सुरुमा कम्युनिष्ट विचारधारामा हुर्किएका धेरैले पोशाक, भाषा र संस्कृतिलाई गौण ठान्ने गरेको भए पनि अहिले सोच बदलिएको उनी बताउँछन् । ‘पहिले दौरा–सुरुवाललाई राजावादी वा पञ्चेहरूको पोशाक भन्ने बुझाइ थियो । अहिले सबैले त्यो गलत रहेछ भन्ने महसुस गरेका छन्,’ उनी भन्छन् ।

राज्यको भूमिकाबारे बोल्दै माण्डव्यले अभियानपछि औपचारिक पोशाकसम्बन्धी व्यवस्था राजपत्रमा उल्लेख भएको स्मरण गराए । ‘सपथ ग्रहण, औपचारिक कार्यक्रममा दौरा–सुरुवाल प्रयोग गर्न परिपत्र जारी भयो,’ उनी भन्छन् ।

संविधानमै लेख्न कठिन भएपनि राज्यस्तरबाट औपचारिक पोशाकको मान्यता स्थापित भएको उनको भनाइ छ । वर्तमान राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत नेतृत्व तहका व्यक्तिहरू औपचारिक कार्यक्रममा दौरा–सुरुवालमै देखिनु यसको प्रमाण भएको उनी बताउँछन् ।

यद्यपि, माडव्यको चिन्ता नेतृत्वभन्दा बढी नयाँ पुस्तातर्फ केन्द्रित छ । ‘हामीलाई कुनै मन्त्रीले दौरा–सुरुवाल लगायो कि लगाएन भन्ने चिन्ता छैन,’ उनी भन्छन,‘हाम्रो चिन्ता विद्यालय जाने बालबालिका र अल्फा पुस्ता हाम्रो भाषा, संस्कृति र पोशाकसँग जोडिन्छ कि जोडिँदैन भन्ने हो ।’ उनका अनुसार संस्कृति बचाउने जिम्मेवारी अब नयाँ पुस्तामै निर्भर छ ।

यस वर्षको राष्ट्रिय पोशाक दिवसको तयारीबारे पनि माण्डव्यले जानकारी दिए । यस वर्ष झण्डाका पुनर्भाषाकार वरिष्ठ इन्जिनियर शंकरनाथ, अन्तर्राष्ट्रिय टोपी अभियान चलाएका शंकर भण्डारी तथा संयुक्त राष्ट्रसंघदेखि सगरमाथासम्म झण्डा बोकेर साइकल यात्रा गर्ने पुष्कर शाहलाई सम्मान गर्ने तयारी रहेको उनले जानकारी दिए । ‘हामी कार्यक्रम बन्द कोठामा होइन, सडकमा गर्छौं, ताकि जनस्तरमा जागरण होस्,’ माण्डव्य भन्छन् ।

‘विविधतामै हाम्रो सुन्दरता छ, तर साझा पहिचानले मात्र हामीलाई एक बनाउँछ,’ उनी भन्छन् । राष्ट्रिय पोशाक अभियानलाई विभाजन होइन, एकताको प्रतीकका रूपमा बुझ्नुपर्ने उनको आग्रह छ ।

यो समाचारमा

काठमाडौँसगरमाथा (माउन्ट एभरेस्ट)

ट्यागहरू

#प्रतिनिधि#राजनीतिज्ञ#सगरमाथा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पदाको रक्षक हुँ, अब जनताको सेवक बन्छु, काठमाडौं ८ बाट चुनाव जित्छु : राजन खड्गी

    काठमाडौँउज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका राजन खड्गीले आफूले घरदैलो अभियानका क्रममा जनताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।मतदाताहरू परिवर्तनको पक्षमा उभिएका कारण नयाँ पुस्तालाई भोट दिने पक्षमा रहेको उनले दाबी गरे । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा खड्गीले पार्टी अध्यक्ष कुलमान घिसिङप्रति जनताको

    sajilo patrika

    नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.प्रकाश शरण महत

    चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ?

    भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

    नयाँ पुस्ताप्रति मतदाता विश्वस्त छन्, त्यसैले तेह्रथुमको लिड गर्दैछु : सन्तोष सुब्बा

    भर्खरै

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    News Image

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    News Image

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    News Image

    प्रधानमन्त्री शाहलाई पुँजीबजार लगानीकर्ताले के दिए सुझाव ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू