सशस्त्र प्रहरीको गोलीले अटो चालकको मृत्यु, सुनसरीको लौकही तनावग्रस्त

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

30
Share
Featured
  • सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालक विजय साहको मृत्यु भएको छ।
  • उनकाे मृत्युपछि आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै सशस्त्र प्रहरीको बिटमा आगजनी र तोडफोड गरेका छन्।
  • प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन केही सेल अश्रु ग्यास प्रहार गरेको छ र घटनास्थलमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

साह भारतीय क्षेत्रबाट चिनी, सर्फ लगायतका सामग्री लिएर घर नजिकै पुगेका बेला उनीमाथि गोली प्रहार भएको थियो । उनको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोड समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले जानकारी दिए । घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको छ ।

यो समाचारमा

सशस्त्र प्रहरी बलकाठमाडौँकोशी गाउँपालिकासुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...