काठमाडौँ।
ग्रेगोरियन पात्रोअनुसार आज (बिहीबार) देखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येसु ख्रिस्टको जन्म भएको मानिने दिनबाट सुरु भएको यो पात्रो विश्वव्यापी रूपमा प्रचलनमा छ ।
नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभर शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दै गएको छ ।
यस अवसरमा काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यकाबाहिर पोखरा, सौराहा जस्ता पर्यटकीय गन्तव्यहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ ।
विभिन्न संवत्का अध्येताहरूले इस्वी संवत्लाई सौरमासमा मात्र आधारित भएकाले विक्रम संवत् जति वैज्ञानिक नभएको बताउने गरे पनि यसको प्रभाव र प्रयोग विश्वव्यापी छ ।