नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

21
Share
Featured
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पार्टीहरूबीचको एकताप्रति कडा आलोचना गर्दै सिद्धान्त, कार्यक्रम र चुनावी स्पष्टता बिना नै प्रधानमन्त्री बन्ने दलाली सुरु भएको आरोप लगाए।
  • कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दल रक्षात्मक अवस्थामा पुगेको दाबी गर्दै अविचलित र स्पष्ट दिशा भएको पार्टी राप्रपा मात्र रहेको उनको भनाइ छ।
  • सर्वपक्षीय सहमतिबिना जबरजस्ती चुनावतर्फ मुलुक धकेलिएको भन्दै राप्रपाले यो निर्वाचनलाई आन्दोलनको हिस्साका रूपमा प्रयोग गर्ने र सांसद–मन्त्री बन्नु मात्र पार्टीको प्राथमिकता नभएको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले नयाँ पार्टीहरुबीचको एकताप्रति कडा आलोचना गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले कुलमान घिसिङ, रवि लामिछानेबालेन्द्र शाह (बालेन)बीचको एकताप्रति लक्षित गर्दै कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने प्रष्ट नभई पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको बताए ।

उनले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे । उनले भने,‘कांग्रेस एमाले जस्ता नेताहरु डिफेन्सिफ भएको छन् । रक्षात्मक भएर आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको छन् । माओवादी त नामै फेरेर हिँडिसक्यो । नयाँ पार्टीहरु अघिल्लो दिन के भनेर हिँडेका थिए । अर्को राति के भएर कस्ले जोड्दियो । अब जोडिएर के गर्ने भन्ने पनि छैन । को कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने छैन, प्रधानमन्त्रीको दलाली पार्टीभित्र सुरु भइसक्यो । सिद्धान्त विचार स्पष्ट छैन । यस्तो बेला अविचलित पार्टी र शक्ति राप्रपा बाहेक अरु छैनन् ।

त्यस्तै उनले सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर आफूहरुले धारणा राखिरहेको अवस्थामा जबरजस्ती मुलुक चुनाव तर्फ होमिएको बताउँदै यो निर्वाचनलाई राप्रपाले आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्ने धारणा राखे ।

उनले भने, ‘सर्वपक्षिय सहमति गरेर देशलाई निकास दिएर मात्रै चुनाव गर्नुपर्छ भनेर हामीले निरन्तर रुपमा भन्दै आयौं । तर अहिले जबरजस्त मुलुक चुनाव तर्फ होमिएको छ । यस्तो बेला प्रजातन्त्र पार्टीको जिम्मेवारी छ कि यो निर्वाचनलाई आन्दोलनको हिस्साको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।’

उनले राप्रपाको प्राथमिकता सांसद र मन्त्री बन्नको लागि मात्र नरहेको स्पष्ट पारे ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाली काँग्रेसराष्ट्रिय प्रजातन्त्र पार्टीकुलमान घिसिङ
राजेन्द्र प्रसाद लिङ्देन7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...