आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

25
Share
Featured

काठमाडौँ

विभिन्न माग राख्दै आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई आज उपचारका लागि वीर अस्पताल लगिएको हो ।

उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो ।

उनले जेनजी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...