जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

23
Share
Featured
  • नेकपा सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको तोडफोड घटनामा संलग्न व्यक्तिको पहिचान भइसके पनि कारबाही नहुनु गम्भीर विषय भएको बताएका छन्।
  • उनले यस्तो निष्क्रियताले सरकारमाथि प्रश्न उठेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दोषीलाई तुरुन्तै पक्राउ र दण्डित गर्न माग गरेका छन्।
  • वर्तमान सरकारको मुख्य दायित्व शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुका साथै स्थायित्व र नीतिगत निरन्तरताका लागि आवश्यक संरचनात्मक सुधार गर्नु भएको उनले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भएपनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए ।

उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन् ।

उनले भने, ‘२४ गतेको घटना जुन भएको छ । त्या अत्यन्तै आपत्तिजनक र दण्डनिय छ । म प्रधानमन्त्रीलाई भन्न चहान्छु त्यसप्रति सरकार गम्भिर देखिएन्, उद्धार देखिएको छ । यो उद्धार देखिनु धेरै नै गम्भिर कुरा पनि हो । भिडियोले देखाइ रहेको छ, तोडफोड गर्ने तोडफोडकारी को को हुन् थाहा भईरहेको छ तर गिरफ्तार हँुदैनन्, दण्डित हुँदैनन् । चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन् ।’

यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए ।

वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनाहरुमा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाई छ ।

यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...