कोरिया जान पाउनुपर्ने माग राख्दै ईपीएस पास गरेका युवाहरू आन्दोलनमा

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

38
Share
Featured
  • ईपीएस भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएका युवाहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
  • विशेषगरी कृषि क्षेत्रतर्फ पास भएकाहरू बढी पीडित भएको भन्दै, लामो समय पालो कुर्नेहरूलाई प्राथमिकता दिनुपर्ने माग राखिएको छ।
  • आन्दोलनकारीहरूले आर्थिक तथा मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनु पर्ने, एउटै व्यक्तिलाई पटक–पटक अवसर नदिई वास्तविक पीडितलाई विशेष छुट र राहत दिनुपर्ने माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा पास गरेर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएका युवाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नौबुँदे माग राख्दै आज ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले विशेषगरी कृषि क्षेत्रतर्फ ईपीएस पास गरेकाहरू सबैभन्दा बढी पीडित भएको बताएका छन् । परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि कोरिया जान नपाउँदा आफूहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको मुख्य माग छ ।

लामो समयसम्म पालो कुर्दा परिवारले आर्थिक र मानसिक क्षति बेहोर्नुपरेको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूले बताए । आन्दोलनकारीहरूले एउटै व्यक्तिलाई पटक-पटक अवसर दिनुभन्दा वास्तविक पीडितलाई प्राथमिकता दिन, विशेष छुट र राहतको व्यवस्था गर्न माग गरेका छन्

यो समाचारमा

दक्षिण कोरियाललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...