सिन्धुलीको जंगलमा गोली लागेको अवस्थामा युवकको शव फेला

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

33
Share
Featured
  • सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-१ स्थित पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङको पेटमा गोली लागेको अवस्थामा शव फेला परेको छ।
  • घटनास्थलमा मृतकको नजिकै भाँचिएको भरुवा बन्दुक र बारुद/फलाम तथा सिसाका टुक्रा भेटिएको छ।
  • प्रहरीले हत्या हो वा बन्दुक पड्किँदा मृत्यु भएको हो भन्ने अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ स्थित पिउरीखोला जंगलमा एक युवकको गोली लागेको अवस्थामा शव फेला परेको छ । सुनकोशी गाउँपालिका-५, बन्दिपुरका २२ वर्षीय आशमान तामाङको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, तामाङको पेटको भागमा गोली लागेको छ । उनको शव नजिकै बीचमा भाँचिएको अवस्थामा एक थान भरुवा बन्दुक पनि फेला परेको छ । मृतकले बोकेको झोलामा बारुद जस्तो देखिने धुलो र फलाम तथा सिसाका टुक्राहरू भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले घटना हत्या हो वा आफैं बन्दुक पड्किएर मृत्यु भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

शवको मुचुल्का गरी पोष्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँसुनकोशी गाउँपालिकासिन्धुलीघ्याङलेख गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...