एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् :अध्यक्ष थापा

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

26
Share
Featured
  • राप्रपा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरु केवल पात्र परिवर्तनको कुरा मात्र गर्दै वैचारिक आधार स्पष्ट नगरी रहेकाले देशको संकट समाधान गर्न नसक्ने बताएका छन्।
  • उनले एमाले र कांग्रेसलाई भ्रष्ट व्यवस्थाका संवाहक भन्दै, देशलाई भ्रष्ट शासकबाट मुक्त गराउन उनीहरुमार्फत सम्भव नभएको धारणा राखे।
  • थापाले देशको वैचारिक अवधारणा र मार्गचित्र सुधार गर्न र राष्ट्रवादी निर्माणमा योगदान पुर्‍याउने काम राप्रपा र राप्रपा नेपालको एकताबाट सम्भव हुने दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन् ।

मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे ।

त्यस्तै उनले देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै उनले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन उनीहरुबाट सम्भव नरहेको बताए ।

उनले भने,‘भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउने कार्य देशका प्रमुख भनिने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसबाट सम्भव छैन् । किनकी उनीहरु नै यो भ्रष्ट व्यवस्थाका संवाहक हुन् । भ्रष्ट शासकको रुपमा उनीहरु परिचित छन् । नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट छैन् । उनीहरु केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको छन् । अहिलेको अवस्थामा पात्र दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान हुँदैन् । पात्र मात्र होईन् बाटो नै परिवर्तन गर्नुपर्छ ।’

त्यस्तै उनले देशले अभिलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने दाबी गरे ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...