च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन् : मन्त्री परियार

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

40
Share
Featured
  • कृषि तथा पशुपंछी विकासमन्त्री डा. मदन परियारले च्याउ सेवनप्रति उपभोक्ताको चासो बढ्दै गएकोले नेपालमा च्याउ खेतीको ठूलो सम्भावना रहेको बताएका छन्।
  • रैथाने तथा नयाँ प्रजातिका च्याउमा थप अनुसन्धान, आधुनिक खेती प्रविधि विकास र दक्ष जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
  • च्याउको गुणस्तर नियमन र बीउ परीक्षणका लागि आधुनिक प्रयोगशाला यसै वर्ष निर्माण सम्पन्न हुने र न्यून आय भएका कृषकका लागि च्याउ खेती उपयोगी हुने उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए ।

साथै उनले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धानगरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन नसकेको धारणा राखे ।

उनले भने,‘नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छ । नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातिको अध्ययन अनुसन्धान गरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन सकेको छैन् ।’

च्याउ गुणस्तर नियमन तथा विऊ उत्पादन परिक्षण लगायतका कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण यसै वर्ष सम्पन्न हुने उनले जानकारी गराए ।

मन्त्री परियारले न्यून आय स्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती हुनसक्ने धारणा राखे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...