३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार १९:३७

36
Share
Featured
  • मकवानपुरमा प्रहरीले संयुक्त फडानी अभियान सञ्चालन गरी अवैध रूपमा गरिएको गाँजा र अफिम खेती ३० बिगाह क्षेत्रफलमा नष्ट गरेको छ।
  • राक्सीराङ र कैलाश गाउँपालिकाका विभिन्न वडामा गरिएको अभियानमा करिब २१ बिगाह गाँजा र ९ बिगाह अफिम खेती फडानी गरिएको हो।
  • प्रहरीले लागूऔषध नियन्त्रणका लागि दुर्गम क्षेत्रसम्म निगरानी बढाउने र अवैध खेती, ओसारपसार तथा कारोबारमा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याउने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।

गत पौष ११ गतेदेखि पौष १४ गतेसम्म तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, विपद् व्यवस्थापन गुल्म हेटौंडा तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेको हो ।

अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ्ग गाउँपालिका अन्तर्गत वडा नं. १, ६, ७ र ८ तथा कैलाश गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३, ५, ६ र ९ का विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको लागूऔषध गाँजा करिब २१ बिगाह र अफिम करिब ९ बिगहा गरी जम्मा ३० बिगाह क्षेत्रफलको खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुभाष चन्द्र बोहराका अनुसार लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लाका दुर्गम तथा जोखिमयुक्त क्षेत्रहरूमा समेत निगरानी बढाउँदै यस्तो अभियानलाई निरन्तरता दिइनेछ ।

उनले अवैध लागूऔषध खेती, ओसारपसार तथा कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।

प्रहरीले स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि लागूऔषधविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।

यो समाचारमा

काठमाडौँबागमती प्रदेशराक्सिराङ्ग गाउँपालिकामकवानपुर
कैलाश गाउँपालिका4 more

ट्यागहरू

#प्रहरी#बागमती प्रदेश#नेपाल प्रहरी#अवैध लागूऔषध#मकवानपुर#लागूऔषध#जनप्रतिनिधि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू