शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

21
Share
Featured
  • शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई झूटो धितोपत्र कारोबार र शेयर मूल्यमा प्रभाव पार्ने आरोपमा सिआइबीले पुस ४ मा काठमाडौंबाट पक्राउ गरेको थियो।
  • अग्रवाललाई ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटीमा छाडिएको छ र उनले हिरासतमै भोक हडतालसमेत गरेका थिए।
  • प्रारम्भिक प्रतिवेदनअनुसार उनले भ्रामक सूचना सार्वजनिक गरी जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरको मूल्य कृत्रिम रूपमा बढाएको र ४९ लाखभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को उजुरीका आधारमा अग्रवाललाई सिआइबीले पुस ४ गते काठमाडौँको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरेको आरोप छ । धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) अनुसार उनले बदनीयतसाथ तथ्य लुकाएर झूटा विवरण प्रस्तुत गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा अग्रवालले अन्य टिएमएस प्रयोगकर्तामार्फत आपसी खरिदबिक्री गरी वास्तविक स्वामित्व नबदलिने कारोबार गरेको र यसरी करिब ४९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी नाफा कमाएको आरोप लगाइएको छ । साथै, उनले कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रूपमा बढाएको बोर्डको निष्कर्ष छ ।

यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानविनको माग गर्दै भोक हडतालसमेत गरेका थिए । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...