बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

8
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौतामा सहकारी काण्डमा तानिएका व्यक्तिहरूसँग मिलेर देश बेच्ने र चुनावमा आउन लागेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।
  • उनले जेनजी आन्दोलनका क्रममा भएको ठूलो जनधन र मानव क्षतिका बेला भित्र बसेर कुनै सहयोग नगरेको व्यक्ति अहिले बाहिर आएर राजनीतिक लाभ लिन खोजेको बताए।
  • साम्पाङले विदेशी प्रभाव, एमसीसी र सहकारी मुद्दासँग जोडेर रविलाई लक्षित गर्दै त्यसलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने पनि बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले रवि लामिछानेबालेन्द्र शाह (बालेन) सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् ।

आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन्, चुनावको कुरा बाहेक अरु केही पनि गर्दैन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के केमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्यक नेपालीले प्रश्न गर्नुपर्छ ।’

यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउँन लागेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उस्काएर आन्दोलनमा लड्न पठाउछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौं मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हासेर, बाहिर आउँदैन् । त्यति बेला सघाइदिनुपर्यो भनेर जेनजीले बोउदा आउने सहास गर्दैन् । तर भित्र बसेरविदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउछ ।’ उनले एमसीसी र सहकारीसँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन् ।

यो समाचारमा

रवि लामिछानेकाठमाडौँबालेन्द्र शाह (बालेन)श्रम संस्कृति पार्टी
धरान उपमहानगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...