युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार १७:३१

13
Share
Featured
  • मन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गरी युवालाई विदेश जान नपर्ने वातावरण बनाउनेमा जोड दिएका छन्।
  • उनले युवाको सपना (सानो घर, साधारण गाडी, शिक्षा, स्वास्थ्य) पूरा गर्न राज्यले ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए।
  • आउँदै गरेको चुनावमा सही नेतृत्व चयन गर्न आग्रह गर्दै, देश विकास, समृद्धि र सुशासनको लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् ।

मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल मटेरियलबाट घर बनाउन सके हाम्रो अनुसन्धान र पैसा नेपालमै रहन्छ । नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण सरकारले बनाए भने युवाहरू विदेश जाँदैनन् ।’

यसैगरी उनले नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएकोले त्यसमा राज्यले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली युवाको सपना एउटा सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य हो । यदि सरकारले बेसिक नीतिका रूपमा ऋण र सहुलियत प्रदान गरी यस्तो वातावरण तयार पार्छ भने सबै युवा नेपालमै बस्ने सम्भावना हुन्छ ।’

यसैगरी उनले आउँदै गरेको चुनावमा सही व्यक्ति चुनेर पठाउन समेत अनुरोध गरे । उनले राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्ने बताए ।

उनले भने, ‘चुनाव आउँदै छ, सही व्यक्ति चुनेर पठाउनुहोला । नेतृत्व सही आउनुपर्छ देश निर्माणको लागि। राजनीतिक नेतृत्वमा सही व्यक्ति नआएसम्म देश विकास, समृद्धि र सुशासनको विषय ओझेलमा पर्छ । देशले डेलिभरी खोजेको छ, डेलिभरी दिनसक्ने नेतृत्वलाई जिताउनुपर्छ ।’

यो समाचारमा

काठमाडौँकुलमान घिसिङ

ट्यागहरू

#सरकार#राजनीतिक#कुलमान घिसिङ#चुनाव#भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ#स्वास्थ्य#रोजगारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू