एनआइएचएसको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

16
Share
Featured
  • नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)ले वसन्तपुर डबलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जसमा क्यान्सर, अर्थोपेडिक, ग्यास्ट्रोलोजी लगायत ४–५ जना विशेषज्ञ डाक्टरहरूले ओपिडी सेवा उपलब्ध गराएका छन्।
  • शिविरमा रगत जाँचमा ५०% छुटसहित विशेष परामर्श सेवा प्रदान गरिएको थियो, जनचेतना फैलाउने र स्वास्थ्य सुधारको उद्देश्य राखिएको छ।
  • सहभागीहरू शिविरको व्यवस्थापन र चिकित्सक सेवाबाट सन्तुष्ट रहेका छन् र यस किसिमको पहलको लागि धन्यवाद व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)को एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार वसन्तपुर डबलीमा सुरु भएको स्वास्थ्य शिविरमा ४ –५जना डाक्टरहरु द्वारा सम्बन्धित ओपिडीको निशुल्क स्वास्थ्य जाँच गराएको एनआइएचएसका संस्थापक अध्यक्ष रुप नारायण साहले जानकारी दिए ।

उनले भने,‘क्यानसर विशेषज्ञ, अर्थोपेडिक, ग्याष्ट्रोलोजिष्ट लगायत ४ –५जना डाक्टरहरुद्वार ओपिडीको निशुल्क स्वास्थ्य जाँच हामीले गरेको छौं ।’ त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिएको पनि बताए ।

‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । विशेषज्ञ डाक्टरहरुसँग शिुल्क परामर्श लिन सकिने व्यवस्था पनि गर्यौ । रगत जाँचमा पनि ५० प्रतिशत छुट दिएका थियौं ।’उनले भने

उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गरेको जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

त्यस्तै शिविरमा स्वास्थ्य जाँचका लागि पुगेकी सुशिला राउतले शिविरमा राम्रो स्वास्थ्यजाँचको व्यवस्था रहेको भन्दै शिविर आयोजना गरेकोमा धन्यवाद दिइन् । गर्नुभएकोमा ‘यहाँ डाक्टरहरु पनि राम्रो हुनुहुँदो रहेछ । जाँच पनि राम्रो तरिकाले गर्नुहुुदोरहेछ । यस्तो निशुल्क शिविर आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहान्छु ।’उनले भनिन्

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...