अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

18
Share
Featured
  • अर्घाखाँचीको सितगङ्गा–११ मा कम्युन र सर्वसाधारणका घरमा प्रहरी छापा परेको भन्दै नेकपा (माओवादी)ले विरोध जनाएको छ।
  • पार्टीले यसलाई ‘दमनकारी श्वेत आतंक’ भन्दै सरकार शान्तिपूर्ण निर्वाचनको पक्षमा नरहेको आरोप लगाएको छ।
  • घटनाको निष्पक्ष छानबिन गर्न मानवअधिकारकर्मी र सम्बन्धित निकायलाई आग्रह गरिएको छ, प्रहरीको प्रतिक्रिया आउन बाँकी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


अर्घाखाँचीको सितगंगा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले विरोध जनाएको छ ।

पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ । नेकपा (माओवादी)ले यस घटनालाई ‘दमनकारी श्वेत आतंक’ को संज्ञा दिँदै राज्यको कदमप्रति गम्भीर आपत्ति जनाएको हो।

पार्टी प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा एकातिर सरकारले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दाबी गरिरहेको र अर्कोतिर माओवादीसँग सम्बन्धित उत्पादन केन्द्र तथा सर्वसाधारणका घरमा छापा मार्नुले सरकार शान्तिपूर्ण निकासको पक्षमा नरहेको दाबी गरिएको छ।

विज्ञप्तिमा सरकारको यस्तो कदमले देशलाई अशान्तितर्फ धकेल्ने खतरा बढेको उल्लेख गर्दै उक्त घटनाको घोर भत्र्सना गरिएको छ । साथै, दमनकारी गतिविधिको भण्डाफोर तथा प्रतिरोध गर्न न्यायप्रेमी जनता र प्रगतिशील शक्तिहरूलाई अपिल गरिएको छ।

पार्टीले मानवअधिकारकर्मी र सम्बन्धित निकायहरूलाई गैरकानुनी प्रहरी छापामारी तथा दमनको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ।

यस विषयमा प्रहरी प्रशासनको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।

यो समाचारमा

सितगंगा नगरपालिकाअर्घाखाँचीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...