'नयाँ शक्ति' को एकता प्रयासलाई ज्ञवालीको सकारात्मक टिप्पणी, तर औचित्यमा प्रश्न

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

15
Share
Featured
  • एमाले नेता प्रदीप ज्ञवालीले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीचको सम्भावित एकतालाई सकारात्मक रूपमा लिएका छन्।
  • तर, उनले ‘तिलस्मी नायक’ वा व्यक्तिगत कथामा आधारित भ्रामक प्रचारको आलोचना गर्दै देश निर्माण विचार, संस्था, प्रणाली र सामूहिकतामा आधारित हुनुपर्ने बताएका छन्।
  • ज्ञवालीले वर्तमान उत्साह क्षणिक हुन सक्ने र समाजलाई भावनात्मकभन्दा तर्कसंगत रहन अपिल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), रास्वपा सभापति रवि लामिछानेउज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ले यसलाई सकारात्मक रूपमा लिएको तर यसको औचित्य समयले पुष्टि गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै ज्ञवालीले विचार मिल्नेहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक अभ्यासका लागि राम्रो भएको बताएका छन् । "सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यहीँ पुग्न खोज्नु सकारात्मक हो," उनले लेखेका छन् ।
तर, उनले यो एकतालाई लिएर 'तारणहार' जन्मिन्छ र देशले मुक्ति पाउँछ भन्ने जस्तो भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । "कुनै नायक मञ्चमा उत्रिएपछि सबै समस्या समाधान हुन्छ भन्ने जस्तो ‘तिलस्मी’ कथा निर्माण गरिँदैछ, तर यस्तो खोजीले मुलुकलाई कहीँ पनि पुर्‍याउँदैन," उनले भने ।

ज्ञवालीले देश निर्माण व्यक्तिमा नभई विचार, संस्था, प्रणाली र सामूहिकतामा आधारित हुनुपर्नेमा जोड दिएका छन् । उनले अहिलेको उत्साह पनि क्षणिक हुन सक्ने भन्दै समाजलाई भावनात्मकभन्दा तर्कसंगत बन्न अपिल गरेका छन् । "घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले तय गर्छ," उनले लेखेका छन्, "स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।"


यो समाचारमा

काठमाडौँ महानगरपालिकारवि लामिछानेनेपाल कम्युनिष्ट पार्टी (एमाले)कुलमान घिसिङ
बालेन्द्र शाह (बालेन)6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...