युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

29
Share
Featured
  • युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुस शान्ति सम्झौतासम्बन्धी केही कागजात पूर्ण रूपमा तयार भइसकेको र केही संवेदनशील विषयमा अझै काम बाँकी रहेको बताएका छन्।
  • अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँगको छलफलपछि शान्ति प्रक्रिया अघि बढाउन ‘राम्रा र व्यवहारिक विचारहरू’ आएको भन्दै अमेरिकी सहयोगप्रति आभार व्यक्त गरेका छन्।
  • क्रिसमसको अवसरमा शान्तिको कामना गर्दै उनले रुसको आक्रमणको आलोचना गरेका छन् र दिगो सुरक्षा, पुनर्निर्माण र शान्ति सबैका लागि आवश्यक रहेको उल्लेख गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनरूसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको बताएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझंै काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने,‘आज राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका दूतहरूसँग छलफल गरेका विषयहरूलाई व्यवस्थित गर्न सफल भयौँ भने यो निकै महत्वपूर्ण हुनेछ । मेरो बुझाइमा केही कागजातहरू लगभग तयार छन् र केही त पूर्ण रूपमा तयार भइसकेका छन् । यद्यपि, संवेदनशील विषयहरूमा अझै काम बाँकी छ । तर अमेरिकी टोलीसँग मिलेर हामी यसलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट छौँ । आउँदा हप्ताहरू गहन हुन सक्छन् ।’

उनले शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्दै ‘धन्यवाद, संयुक्त राज्य अमेरिका,’ भनेका छन् । यसअघि बिहीबार नै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलसहित अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग भेटवार्ता गरेका थिए ।

भेटपछि उनले दिगो शान्तिका लागि ‘राम्रा विचारहरू’ अघि आएको बताएका छन् । एक्समा लेख्दै उनले रचनात्मक दृष्टिकोण, निरन्तर प्रयास र युक्रेनी जनताप्रति व्यक्त गरिएको सद्भावनाका लागि अमेरिकी दूतहरूलाई धन्यवाद दिए ।

‘हामी युक्रेनविरुद्धको यो क्रूर रुसी युद्धको अन्त्य नजिक ल्याउन दिन–रात काम गरिरहेका छौँ,’ जेलेन्स्कीले लेखेका छन । ‘तयार पारिने सबै कागजात र चालिने कदमहरू व्यवहारिक, प्रभावकारी र विश्वसनीय हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।’

उनका अनुसार छलफलमा शान्ति प्रक्रियासँग जोडिएका महत्वपूर्ण विवरणहरूमा समेत कुराकानी भएको थियो । ‘वास्तविक सुरक्षा, पुनर्निर्माण र शान्ति हामी सबैका आवश्यकता हुन—युक्रेन, अमेरिका, युरोप र सहयोग गर्ने सबै साझेदारहरूको,’ उनले उल्लेख गरे ।

यसैबीच, क्रिसमसको अवसरमा युक्रेनी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्तिको कामना गरेका छन् । तर उनले पर्वको पूर्वसन्ध्यामा रुसले व्यापक आक्रमण गरेको भन्दै आलोचना पनि गरे । ‘हामी क्रिसमसको संगीत सुन्दा खुशी हुन्छौँ,’ उनले भने, ‘तर आकाशमा ड्रोन र मिसाइलको आवाज नसुन्दा झनै खुशी हुन्छौँ ।’

यो समाचारमा

काठमाडौँभोलोदिमिर जेलेन्स्कीसंयुक्त राज्य अमेरिकाक्रिसमस
रूस6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...