सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

13
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेल र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्वाचनको विषयमा भेटवार्ता भएको छ।
  • प्रचण्डले फागुन २१ गते नै निर्वाचन हुनुपर्ने र निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट गर्दै सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निर्वाचन नै प्राथमिकता भएको र सुरक्षाको वातावरण बनाएर चुनाव सम्पन्न गर्न सहयोग गर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चारमन्त्री जगदीश खरेलनेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो ।

मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए ।

‘जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको धारणा छ, त्यो कुराकानीको क्रममा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकोले जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको पनि भनाई रहेको छ । निर्वाचनको लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नु भएको छ,’ मन्त्री खरेलले भने ।

साथै, निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रचण्डले व्यक्त गरेको पनि उनले बताए । यसैबीच, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले पनि कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए ।

देउवाले सुरक्षाको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

यो समाचारमा

पुष्पकमल दाहालजगदीश खरेलशेर बहादुर देउबाकाठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...