काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

16
Share
Featured
  • काठमाडौं महानगरको १८औँ नगरसभाले स्वास्थ्य बीमा लागू भएका १० स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि ५० जना करार जनशक्ति स्वीकृत गरेको छ।
  • स्वास्थ्य केन्द्रका लागि ३० जना र सफ्टवेयर विकास/सञ्चालनका लागि २० जनाको दरबन्दी अनुमोदन गरिएको हो।
  • संगठन संरचना र दरबन्दी पुनरावलोकन गरी कार्यान्वयन गर्ने अधिकार नगर कार्यपालिकालाई प्रदान गरिएको छ।
समाचार सारांशGenerated using AI.


काठमाडौँ महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।

शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।

नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।

यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० जना करार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । प्रस्तावलाई ध्वनी मतका आधारमा पारित गरिएको हो ।

‘आजको बैठकको कार्यसूची क्रम संख्या ६ मा रहेको ४३ औँ कार्यपालिकाबाट स्विकृत भएका स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुको लागि विभिन्न पदका लागि ३० जना सफ्ट वेयर विकास तथा सञ्चालनको लागि विभिन्न २० जना करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयको लागि पेश गर्दछु,’ महानगर प्रमुख बालेनले भने, ‘हुन्छ भन्ने ध्वनी मतको आधारमा ४३ औँ कार्यपालिकाबाट स्वीकृत भएको करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव नगरसभा सञ्चालन सम्बन्धि कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’

यस्तै नगरसभाले काठमाडौं महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यलाई अघि बढाउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । बाग्मती प्रदेश सरकारबाट जारी स्थानीय सेवा ऐनको दफा ५ बमोजिम गठित समितिबाट पेश हुने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने अधिकार प्रदान गरिएको हो ।

नगरसभाबाट पारित यी निर्णयहरूले महानगरको स्वास्थ्य सेवा सुदृढीकरणसँगै प्रशासनिक संरचना थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...