निर्वाचन आचारसंहिता मन्त्रीदेखि बैंकका कर्मचारीसम्मलाई लाग्ने, आयोगले गर्‍यो प्रस्ताव

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

14
Share
Featured
  • निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिताको दायरा मन्त्रीदेखि निजी क्षेत्रका कर्मचारीसम्म विस्तार गरेको छ।
  • सरकार, संवैधानिक निकाय, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यम, शैक्षिक संस्था र विकास साझेदारसम्मलाई आचारसंहिता लाग्ने प्रस्ताव छ।
  • निजी बैंक, वित्तीय संस्था, सहकारी र उद्योगी–व्यवसायीलाई समेत समेटिएको आचारसंहिता परामर्शपछि छिट्टै लागू हुने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार पारेको आचारसंहिताको मस्यौदामा सरकारका मन्त्रीदेखि निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाका कर्मचारीसम्मलाई समेटेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिताको दायरा फराकिलो बनाइएको हो ।

आयोगले प्रस्ताव गरेको आचारसंहिताअनुसार, नेपाल सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, तीनै तहका कर्मचारी, सुरक्षा निकाय र सार्वजनिक संस्थाका कर्मचारीलाई पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।

त्यस्तै, राजनीतिक दल, भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, विद्यालय तथा विश्वविद्यालयका शिक्षक-कर्मचारी, विकास साझेदार संस्था र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरू पनि आचारसंहिताको दायरामा पर्नेछन् ।

आयोगले निजी क्षेत्रका बैंक, वित्तीय संस्था, सहकारी, उद्योगी-व्यवसायी र उनीहरूका कर्मचारीलाई समेत आचारसंहिता लाग्ने प्रस्ताव गरेको छ । यो प्रस्तावित आचारसंहिता आवश्यक परामर्शपछि केही दिनभित्रै लागू हुने आयोगले जनाएको छ ।

यो समाचारमा

प्रतिनिधि सभानिर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...