क–कसले भेटे बालेनलाई ?

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

22
Share
Featured
  • काठमाडौं महानगरका मेयर बालेन साह र हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारबीच कुपन्डोलमा आगामी निर्वाचन र राजनीतिक सहकार्यबारे छलफल भएको छ।
  • छलफलमा सुनारले आगामी चुनावमा एमाले र कांग्रेसको विकल्प खोजिनुपर्नेमा जोड दिँदै देशको संकटपूर्ण अवस्थामा जिम्मेवारी लिन आफूहरू तयार रहेको बताउनुभएको छ।
  • मेयर बालेनले नयाँ शक्ति निर्माणका लागि डा. बाबुराम भट्टराई, रवि लामिछाने र कुलमान घिसिङलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँगको संवादलाई तीव्र बनाउनुभएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई भेट्न हाम्रो पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।

बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा खड्गप्रसाद शर्मा ओलीको मुख र नेपाली काँग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए ।

उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’

यस्तै, उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताए ।

उनले भने, ‘एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो । बालेन ज्यूले देशलाई संकट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो छ, हामीले जिम्मा लिँदै गर्दा तपाईहरुको साथ हुन्छ कि हँुदैन । के हुन्छ भन्ने खालको उहाँहरुको जिज्ञासा थियो । उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहेको छ । हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो ।’

बालेन अहिले जेनजीहरूसँग छलफलमा छन् भने बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि त्यहाँ पुगेका थिए । साथै, बालेनले यसअघि रवि लामिछाने, कुलमान घिसिङ, सुनील कुमार शर्मा, अमरेश कुमार सिंह लगायतसँग छलफल गरेका थिए ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँरवि लामिछानेकाठमाडौँ महानगरपालिका
कुलमान घिसिङ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...