विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

19
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गम्भीर परामर्श भइरहेको बताइन्।
  • दलीय हस्तक्षेप अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन र शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिइन्।
  • शैक्षिक गुणस्तर सुधार, समयानुकूल कार्यक्रम थप्ने र परीक्षा नतिजा ढिलाइको कारण खोज्नुपर्ने आवश्यकता औंल्याइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न गम्भीर परामर्श र गृहकार्य भइरहेको बताएकी छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताइन् । यस्तै उनले शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको पनि धारणा राखिन् ।

उनले भनिन्,‘नेपालमा शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुनिने गरेको दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक छ । शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस कदम थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’

त्यस्तै प्रधानमन्त्री कार्र्कीले शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्नुपर्नेमा जोड दिइन् ।

‘नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकारवालाहरुले पर्याप्त ध्यान दिनुपर्ने देख्दछु,’उनले भनिन् । परिक्षाको नतिजा समयमा नआउने गुनासो विद्यार्थीहरुबाट आफूले सुनेको बताउँदै उनले यस्तो अवस्था किन आयो भनि सरोकारवालाहरुले उत्तर खोज्नुपर्ने बताइन् ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँत्रिभुवन विश्वविद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...