रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

22
Share
Featured
  • रौतहटमा शीतलहर र चिसोले विशेषगरी विपन्न दलित बस्तीका बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाको जीवन कष्टकर बनाएको छ।
  • चिसोले ज्यालादारी मजदुरी र बजार गतिविधि प्रभावित पार्दा जीविकोपार्जनमा कठिनाइ आएको छ, विद्यालयहरूमा सार्वजनिक बिदा समेत दिइएको छ।
  • अत्यधिक चिसोका कारण अस्पतालमा निमोनिया, दम, रुघाखोकी र झाडापखालाका बिरामी बढेका छन्, साथै फसलमा शीतलहरले क्षति पुर्याउँदै किसान चिन्तित छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।

यहाँका विभिन्न स्थानीय तहमा रहेका मुसहर, चमार र डोम समूदायका दलित बस्तीहरूमा चिसोले सबैभन्दा बढी असर गरेको छ । फुसको झुपडी, न्यानो लुगाको अभाव र पर्याप्त खाद्यान्न नहुँदा ती बस्तीका वृद्धवृद्धा, बालबालिका र सुत्केरी महिलाहरूको अवस्था दयनीय बनेको हो ।

धेरैजसो परिवारसँग ओढ्ने–ओछ्याउने तातो कपडा नभएकाले पराल ओछ्याएर र रातभर घुर (आगो) तापेर रात काट्न बाध्य छन् । अहिलेसम्म यो जाडोमा राहत लिएर कोहि पनि गाउँमा नआएको स्थानीय चन्द्र माझीले बताए ।

जाडोबाट बच्नका लागि अहिले घुर तापेर दिन बिताउने गरेको उनको भनाइ छ । चिसो अझै बढ्ने सम्भावना रहेकाले विपन्न वर्गका लागि तत्कालै कम्बल, दाउरा र पौष्टिक आहारको व्यवस्था गर्न जरुरी रहेको चन्द्रपुरका स्थानीय अगुवाहरुले माग गरेका छन । स्थानीय प्रशासन र नगरपालिकाहरूले केही स्थानमा दाउरा वितरण गरे पनि त्यो पर्याप्त देखिएको छैन ।

चिसोका कारण बजारमा चहलपहल घटेको छ भने ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू काममा जान सकेका छैनन् । जिल्लाका कतिपय स्थानीय तहहरूले अत्यधिक जाडो बढेपछि विद्यालयहरूमा सार्वजनिक बिदा समेत दिन थालेका छन् ।

गौर नगरपालिका, राजपुर, राजदेवी नगरपालिका, बृन्दावन नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा बिजयपुर नगरपालिका लगायतले अत्यधिक चिसो बढेपछी सूचना निकालेर विद्यालयमा सार्वजनिक बिदा दिएका छन् ।

बढ्दो चिसोका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालहरूमा निमोनिया, दम, रुघाखोकी र झाडापखालाका बिरामीहरू, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकहरू बढी देखिएका छन् । अर्कोतर्फ, लामो समयदेखि घाम नलाग्दा तोरी, आलु र दलहन बालीमा शीतलहरले क्षति पु-याउन थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

यो समाचारमा

राजपुरगौर नगरपालिकादेवाही गोनाही नगरपालिकाकाठमाडौँ
रौतहट7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...