एनआइएचएसले यही शनिबार एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

14
Share
Featured
  • एनआइएचएसले पुस १२ गते वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्नेछ।
  • शिविरमा रोग पहिचान, जनचेतना अभिवृद्धि र सहज स्वास्थ्य सेवा प्रदान गरिनेछ।
  • विभिन्न विशेषज्ञ डाक्टरको परामर्श तथा औषधिमा विशेष छुटको व्यवस्था हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस)ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

आउने शनिबार,पुस १२ गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए ।

उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेको हौं । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने हाम्रो आकांक्षा हो ।’

त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै उनले विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिन सकिने पनि जानकारी दिए ।

‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । यसमा विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न सक्नुहुने छ । क्यान्सर, पेट, छाला, कलेजो र दाँतसँग सम्बन्धित डाक्टरसँग परामर्श लिन सक्नुहुनेछ । आफ्नो रोगको निधानको विषयमा सुझाव लिन सक्नु हुनेछ । औषधिहरु पनि केही छुटमा दिने छौं’, उनले भने ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...