लबिम मल झिलिमिली, क्रिसमस पूर्वसन्ध्या उत्सवमय

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

22
Share
Featured

काठमाडौँ

क्रिसमस डेको अघिल्लो दिन (हिजो) ललितपुरस्थित लबिम मल झिलिमिली उज्यालो र रंगीन सजावटले भरियो। मल परिसरमा बालबालिका, युवा र परिवारसहित सर्वसाधारणको भीड लागेको थियो।

खेलौना, उपहार र सजावटी सामग्री बिक्री गर्ने स्टलहरूमा ग्राहकको चहलपहल देखिन्थ्यो। मानिसहरू फोटो–भिडियो खिच्दै उत्सवको मजा लिँदै थिए।

मल वरिपरि सडकमा सवारी चाप बढ्दा केही समय सवारी जामको अवस्था पनि देखियो। ट्राफिक प्रहरीले व्यवस्थापनमा खटिएको थियो।

नेपालमा क्रिसमस पर्व धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। हिजो लबिम मलको झिलिमिली दृश्यले यस वर्षको क्रिसमस पूर्वसन्ध्यालाई विशेष बनाएको छ।

यो समाचारमा

क्रिसमसकाठमाडौँललितपुरनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...