शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

21
Share
Featured
  • मधेशी शहीद प्रतिष्ठानका सदस्यहरूले सरकारले शहीद परिवारलाई चरम बेवास्ता गरेको भन्दै एक हप्ताभित्र सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
  • प्रतिष्ठानका लागि १० करोड बजेट विनियोजन गर्ने भनिए पनि मात्र २ करोड छुट्याइएको र करारमा नियुक्त सदस्यहरूले चाडपर्वमा समेत तलब नपाएकोमा उनीहरूले कडा आक्रोश पोखेका छन्।
  • शहीद परिवारको नाजुक आर्थिक अवस्था सुधार्न औषधि उपचार, शिक्षा र रोजगारीका साथै संसद् भवनसम्म आरक्षण पाउनुपर्ने माग उनीहरूले राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।

उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।

शहीद परिवारका सदस्यहरुलाई रोजगारी दिने नाममा केहि सदस्यहरुलाई मात्र विभिन्न मन्त्रालय र कार्यालयहरुमा पिउनको नोकरी करारमा दिएर बेइज्जत गरेको उनले आरोप लगाए । दशैंलगायतका चाडपर्वका बेला सम्पूर्ण कर्मचारीहरुले तलब पाए पनि शहीद परिवारका सदस्यहरुलाई तलब नदिएको उनले जानकारी दिए । उनले मधेश प्रदेशकाका सम्पूर्ण नेता र मन्त्रीहरुलाई लाज लाग्नु पर्ने बताए ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार बनेको बेलादेखि अहिलेसम्म आफूहरुले दुख मात्र भोग्नु परेको सुनाए । उनले अधिकांश सहिद परिवारका सदस्यहरुको स्थिती नाजुक रहेको र खान, लगाउन, औषधी उपचार खर्चदेखि लिएर बालबच्चाको पढाई लेखाई पनि गर्न नसक्ने स्थिती शहीद परिवाका सदस्यहरुको रहेको जानकारी दिए ।

सदस्य पटेलले नेपालभरका जनयुद्ध, जेनजी र मधेश आन्दोलनलगायतका विभिन्न समयमा शहीद भएका सम्पूर्ण शहीद परिवारका सदस्यहरुलाई एक ठाउँमा ल्याई अन्तिम पटक आफ्नो जायज हक अधिकार प्राप्तिका लागि शसक्त आन्दोलन गर्ने जानकारी दिए । उनले शहीद परिवारका सदस्यहरुले खान लगाउन देखि संसद भवनसम्ममा आरक्षण पाउनु पर्ने माग राखेका छन् ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...