क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार १६:०५

18
Share
Featured

काठमाडौँ

‘क्रिसमस’ अंग्रेजी शब्द क्राइस्ट मासबाट आएको हो, जसको अर्थ ख्रिष्टको भेला वा सभा भन्ने बुझिन्छ । क्रिसमस पर्व येशु ख्रिष्टको जन्मको सम्झनामा मनाइने इसाई धर्मको महत्वपूर्ण उत्सव हो ।

ऐतिहासिक रूपमा क्रिसमस चौथो शताब्दीमा इसाई रोमन सम्राट कन्स्टेन्टाइनको शासनकालमा सुरु भएको मानिन्छ । पछि पोप जुलियसले येशु ख्रिष्टको जन्म दिवसको अवसरमा डिसेम्बर २५ लाई आधिकारिक रूपमा क्रिसमस डे घोषणा गरेका थिए ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा क्रिश्चियन धर्मका अध्येता डा. बालकृष्ण शर्माले क्रिसमसको धार्मिक, ऐतिहासिक र आध्यात्मिक महत्त्वबारे प्रकाश पारे । उनका अनुसार बाइबलमा येशु ख्रिष्टको जन्म मितिबारे स्पष्ट उल्लेख नभए पनि उहाँको आगमनबारे हजारौँ वर्षअगाडि नै अगमवाणी गरिएको पाइन्छ ।

उनले भने, ‘समस भन्ने ख्रिष्टबाट आएको शब्द हो । उहाँलाई येशुख्रिष्ट भनेर पनि सम्बोधन गर्छौँ । प्रभु येशुख्रिष्ट भनेर सम्बोधन गर्छौँ र आजभन्दा दुई हजार पच्चीस वर्षअगाडि मानव रूपमा यस संसारमा जन्मनुभयो र उहाँको सुरु नै दुई हजार पच्चीस वर्षअगाडि भएको तथ्यहरु भेटिन्छ । तर उहाँ अनन्त परमेश्वरबाट मानिस बनेर यस संसारमा पापबाट क्षमा दिनको लागि, मानिसहरूलाई बन्धनबाट छुटकारा दिनको लागि संसारमा जन्मनुभएको हो । र त्यसै कारण क्रिसमस येशु ख्रिष्ट संसारमा मानव रूपमा आउनुभयो भन्ने कुराको एउटा सम्झनाको लागि हरेक वर्ष उत्सवका रुपमा मनाइने गरिन्छ ।’

डा. शर्माले बताएअनुसार येशु ख्रिष्ट मानव जातिको पापबाट उद्धार गर्न परमेश्वर मानव रूप लिएर संसारमा आउनुभएको हो । ‘क्रिसमस केवल बाहिरी सजावट वा उत्सव मात्र होइन, यो मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो,’ उनले भने ।

उनका अनुसार बाइबल दुई भागमा विभाजित छ । जसमा येशु आउनुअघि लेखिएको पुरानो करार र येशु आएपछि लेखिएको नयाँ करार हो । येशुको जन्म, सेवा, मृत्यु र पुनरुत्थान मानव मुक्तिको केन्द्रमा रहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले जब क्रिसमस वा येशुख्रिष्टको बारेमा कुरा गर्छौं । हामीसँग बाइबल दुई भागमा विभाजन भएको छ । एउटा येशु आउनु भन्दा पहिले र अर्को येशु आउनु भएपछि । र येशु आउनु भन्दा पहिलेको शास्त्रलाई, धर्मशास्त्रलाई पुरानो करार भन्छौँ । र येशु आउनु भएपछि लेखिएको शास्त्रलाई नयाँ करार भन्छौँ । येशु संसारमा आउनुहुन्छ भन्ने कुराको अगमवाणी येशु आउनु भन्दा हजारौँ वर्ष पहिलेबाटै भइसकेको थियो । किनभने संसारमा जब मानिसले पाप गर्यो, त्यो पापबाट उसलाई छुटकारा दिनको लागि अन्तमा येशुख्रिष्ट बलिदानको रूपमा संसारमा आउनुपर्ने थियो ।’

नेपाल र विदेशमा मनाइने क्रिसमसको स्वरूपमा केही सांस्कृतिक फरक देखिए पनि यसको मूल सन्देश एउटै रहेको डा. शर्माको भनाइ छ ।

‘विदेशमा मनाइने र नेपालमा मनाइने पनि क्रिसमस भन्नेबित्तिकै येशुख्रिष्टसँग सम्बन्धित पर्व वा एउटा उत्सव हो । क्रिश्चियनहरूले मात्र होइन अरू व्यक्तिहरूले पनि यो पर्वलाई मनाइराखेका कुराहरू हामी संसारभरि नै देख्छौं । क्रिसमसलाई अलि विकृत रूपले पनि संसारमा मनाइएको पनि देख्छौं । यसको अर्थ नबुझिकन पनि मानिसले मनाएको पनि देख्छौं , उनले भने, ‘आज क्रिसमस केवल इसाइहरूले मात्र होइन, अन्य समुदायले पनि पर्वका रूपमा मनाउन थालेका छन् । तर यसको वास्तविक अर्थ बुझ्नु आवश्यक छ ।’

क्रिसमसका बेला चर्चहरूमा विशेष प्रार्थना सभा, भजन, प्रवचन, सांस्कृतिक कार्यक्रम तथा प्रेम भोज आयोजना गरिन्छ । साथै, ¥याली, क्यारल गायन र सामाजिक सेवामार्फत येशुको जन्म सन्देश फैलाइने गरिन्छ ।

सान्ता क्लज, क्रिसमस ट्री र उपहार आदिलाई लिएर फैलिएका विभिन्न धारणा सांकेतिक मात्र भएको डा. शर्माले स्पष्ट पारे । उनका अनुसार सान्ता क्लज सहयोग, दया र उपहारको प्रतिक हो भने क्रिसमस ट्री जीवन र आशाको संकेत हो । ‘यी कुनै पनि पूजा गर्नका लागि होइनन्,’ उनले भने ।

‘मेरी क्रिसमस’ शब्दको अर्थ खुसीयाली वा ह्याप्पी क्रिसमस भएको बताउँदै डा. शर्माले यसलाई येशुको आमा मेरीसँग जोडेर बुझ्नु गलत भएको स्पष्ट पारे ।

नेपालमा पछिल्ला वर्षहरूमा क्रिसमस पर्व फेसन र व्यापारसँग जोडिँदै गएको देखिए पनि यसको आध्यात्मिक मर्म नबिर्सन उनले आग्रह गरे । क्रिसमस सिजनले बजार चलायमान बनाएको र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उनको धारणा छ ।

डा. शर्माका अनुसार क्रिसमसको मूल उद्देश्य केवल उत्सव वा सजावट मात्र होइन, मानव जीवनमा प्रेम, शान्ति र उद्धारको सन्देश दिनु हो । ‘येशु कुनै जाति, भाषा वा देश विशेषका लागि होइन, सम्पूर्ण मानव जातिका लागि आउनुभएको हो,’ उनले भने ।

२५ डिसेम्बरमा देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत क्रिसमस उत्साहका साथ मनाइन्छ । डा. शर्माले क्रिसमसको शुभकामना व्यक्त गर्दै देशमा शान्ति, समृद्धि र प्रेम फैलियोस् भन्ने कामना गरे । ‘क्रिसमस प्रेमको जन्मको सन्देश हो,’ उनले भने ।

यो समाचारमा

काठमाडौँक्रिसमसनेपाल

ट्यागहरू

#क्रिसमस#महत्वपूर्ण उत्सव#क्रिसमस वृक्ष#येशु ख्रिष्ट#सम्झना#क्रिसमस समारोह#क्रिसमस महोत्सव २०८२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू