वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

25
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले सरकारको हस्तक्षेप नहुँदा १०० दिनमा ४० भन्दा बढी ठूला भ्रष्टाचार मुद्दा अदालत पुगेको दाबी गरे।
  • सबै प्रमुख राजनीतिक दल चुनावमा सहभागी हुन सहमत भएकाले फागुन २१ को निर्वाचनमा अब कुनै दुविधा नरहेको बताए।
  • १० लाखभन्दा बढी नयाँ मतदाता थपिएको र निर्वाचन आयोग तथा सुरक्षा निकायले एकीकृत रूपमा तयारी गरिरहेकाले चुनाव निश्चित रहेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले सरकारले भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई कुनै दबाब र हस्तक्षेप नगर्दा १०० दिनमा ४० भन्दा बढि ठूला मुद्दाहरु अदालतमा पुगेको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा गर्दा यो तीन महिनामा,१०० दिनमा ४० वटाभन्दा बढि ठूला–ठूला मुद्दाहरु अहिले अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती मुद्दाहरूलाई अगाडि बढाएको छ । त्यसको मतलब सरकारको के उपलब्धी भयो भन्नुहोला विगतका दिनहरुमा राज्यका निकाय जसले भ्रष्टाचार नियन्त्रणको लागि काम गर्दथ्र्यो ती निकायहरुलाई विगतको दिनमा प्रभाव र दबाब हुन्थ्यो । हस्तक्षेप हुन्थ्यो तर अहिले यो सरकारले ति निकायहरुलाई कुनै पनि दबाब दिएको छैन ।’

त्यस्तै उनले सबै राजनीतिक दलले चुनावमा भाग लिन तयार भएको बताउँदै अब फागुन २१ को चुनावलाई लिएर कुनै दुविधा नरहेको बताए ।

‘चुनाव हुने कुरामा अब कुनै दुविधा रहेन । हामीले हिजो र आज मात्र मुलुकका प्रमुख राजनीतिक दलहरु सबैसँग वार्ता र छलफल उहाँहरुकै पार्टी कार्यालयमा गएर गरेका छौं । शिर्ष नेता र प्रधानमन्त्रीबीच राष्ट्रपतिको उपस्थितिमा उच्च स्तरिय वार्ता भएको छ र सबै राजनीतिक दलले चुनावमा भाग लिन्छौं भन्नु भएको छ’उनले भने ।

त्यस्तै मन्त्री खरेलले १० लाख भन्दा बढि नयाँ मतदाता बढेको जानकारी दिए । निर्वाचन आयोगले तिव्र गतिमा आफ्नो काम अगाडि बढाउनुकासाथै सुरक्षा निकाय पनि उच्च मनोबलकासाथ सुरक्षा दिने कुरामा एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्दै अगाडि बढेको कारण निर्वाचन हुने निश्चित रहेको उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...