सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

23
Share
Featured
  • नेताले सभापति बैठकमा नआए पनि कार्यवाहक अधिकार नाम मात्रको भएको र बाँकी शक्ति बाहिरबाटै प्रयोग भइरहेको टिप्पणी गरे।
  • कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय खेर फालेको भन्दै अब आलटाल नगरी विकल्पका रूपमा विशेष महाधिवेशनतर्फ जानुपर्ने सुझाव दिए।
  • सभापतिले पार्टी हितका लागि मिलेर मंसिरभित्र अधिवेशन गर्न आग्रह गरेको दिन आफूले अभिभावकीय भूमिका देखिएको अनुभूति भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुधबार पार्टीको कार्यसम्पादन समितिको वैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभापति आजको बैठकमा नआएको भन्दै बाँकी रहेको बैठक र बाँकी रहेको शक्ति सबै बाहिरबाट अभ्यास भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु । उहाँले कार्यवाहक दिनुभएको छ । तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ । आज बैठकमा आउनुभएको छैन । तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।

उनले भने, ‘नेपाली काँग्रेसले गएको एक डेड महिनाभित्रमा खालि आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । आलटाल गर्ने कुरा हुँदैन । यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ । साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ । विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ ।’

त्यस्तै उनले सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस्, मंसिरभित्र अधिवेशन गर्नुस्, म सबै कुराबाट अलग भएर गएँ भनेर भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेको धारणा राखे ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...