उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

16
Share
Featured
  • उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टी फाल्गुन २१ को प्रतिनिधिसभा चुनावमा ‘बलेको चिम’ चुनाव चिन्ह प्रयोग गरी संयुक्त रूपमा सहभागी हुने र उम्मेदवार जनप्रभावकारिता तथा इमानदारीको आधारमा टुंगो लगाइने।
  • चुनावी प्रचार, जनसम्पर्क, स्रोत–साधन परिचालन र घोषणापत्र दुवै पार्टीले संयुक्त रूपमा तयार गर्ने; घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, रोजगार, संघीयता र समावेशीता जस्ता विषय समावेश हुने।
  • कुनै विवाद भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने र प्रगतिशील वैकल्पिक शक्तिहरूबीच एकताको बाटो खुला राखिने।
समाचार सारांशGenerated using AI.


उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।

कुन कुन बुँदामा भयो सम्झौता ?

१. २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ’बलेको चिम’ चुनाव चिन्ह प्रयोग गरी दुवै पार्टी संयुक्त रूपमा सहभागी हुने र उमेदवारी दिने । सोको अन्तिम मनोनयन मनोनयनकर्ताको जनप्रभावकारिता, इमानदारीताको आधारमा टुंगो लगाउने ।

२. प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालन लगायत चुनावी घोषणापत्र संयुक्त रुपमै तयार गर्ने । घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय, संघीयता, समावेशीता जस्ता विषयलाई केन्द्रमा राखेर अघि बढ्ने ।

३. कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने ।

यो समाचारमा

काठमाडौँउज्यालो नेपाल पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...