समाजसेवी ओमप्रकाश गोयलको नाममा हुलाक टिकट सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

17
Share
Featured
  • सरकारले समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट सार्वजनिक गरेको छ।
  • उपसभामुख इन्दिरा राना र सञ्चारमन्त्री जगदीश खरेलले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएर सार्वजनिक गरेका हुन्।
  • सञ्चारमन्त्री खरेलले गोयलको कर्म र योगदानलाई सम्मान गर्दै हुलाक टिकटमार्फत उनी अमर रहने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मानमा हुलाक टिकट सार्वजनिक गरेको छ । हुलाक सेवा विभागले आयोजना गरेको एक कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री खरेलले गोयलको नाममा हुलाक टिकट जारी हुनु ऐतिहासिक भएको बताए । उनले भने, "मान्छे कर्मले सधैँ अमर रहन्छ । आज ओमप्रकाश गोयल हुलाक टिकटमार्फत अमर हुनुभएको छ ।"

मन्त्री खरेलले गोयलको सम्मान देशले नै गर्नुपर्ने बताउँदै हुलाक टिकटले उनलाई सधैँ अमर बनाइरहने विश्वास व्यक्त गरे ।

यो समाचारमा

इन्दिरा रानामगरजगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...